१ चैत्र २०८२, आइतबार | March 16, 2026

कबड्डीको पाँचौँ संस्करण मुस्ताङमा छायाङ्कन हुँदै



मुस्ताङ । यहाँको थासाङ गाउँपालिकास्थित थाक सात सय क्षेत्र थासाङका विभिन्न स्थानमा नेपाली कथानक चलचित्र कबड्डीको पाँचौँ संस्करण छायाङ्कन चलरहेको छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भइरहेको यो चलचित्र मुस्ताङको थकाली कला, संस्कृति र मौलिकतासँग सम्बन्धित रहेको निर्माण कम्पनीले जनाएको छ ।

यसअघि लगातार कबड्डीको एकदेखि चौथौ संस्करण सोही स्थानमा छायाङ्कन भइसकेको छ । यहाँ थकाली कलासंस्कृतिसँग कथावस्तु जोडिएकाले कबड्डीको पाँचौँ संस्करण पनि थासाङको थाक सात सय क्षेत्रमा छायाङ्कनलाई निरन्तरता दिइएको चलचित्रका निर्माता मणिराम पोखरेलले जानकारी दिए । यहाँ चलचित्र कबड्डीको पाँचौँ संस्करण गत असोज २६ गते मुक्तिनाथ मन्दिरमा शुभारम्भ गरी छायाङ्कन सुरु गरिएको पोखरेलले बताए ।

रामबाबु गुरुङको निर्देशन रहेको कबड्डी पाँचको छायाङ्कन थासाङको कोवाङ, नाउरीकोट, लार्जुङ र टुकुचेलगायत स्थानमा भइरहेको निर्माता पोखरेलले जानकारी दिए । यसपटक कबड्डीको पाँचौँ संस्करण थकाली कला, संस्कृति समेट्ने गरी विशेष महत्वका साथ अघि बढाउने प्रयास भइरहेको निर्माता पोखरेल बताउँछन ।

यसअघि कबड्डी चलचित्र सुरु गर्दा यहाँ सामान्य टोली आएकामा यसपटक झन्डै १०० बढी जनशक्ति परिचालन भइरहेको छ । सुरुआती चरणभन्दा कबड्डी पाँचसम्म आइपुग्दा सडक यातायात सहज भएका कारण निकै सहज भएको निर्माता पोखरेलको भनाइ छ । “हामीलाई यो स्थानमा चलचित्रको छायाङ्कनको काम गर्न पाउँदा निकै सहज भएको छ, यहाँका समुदाय सबै आफ्नै परिवारजस्तै भएको छ”, निर्माता पोखरेलले भने, “थकाली कथावस्तु र यहाँका समुदायको मायाप्रेम र स्नेहले पटकपटक यो स्थानमा तानिरहेको छ ।”

मुस्ताङको थाक सात सय क्षेत्रमा बसोबास गर्ने थकाली संस्कृति, रहनसहन, परम्परा, वेशभूषा र सामाजिक चरित्रलाई मुख्य कथावस्तुमा समेटिने सहनिर्देशक सोमनाथ खनालले जानकारी दिए । कबड्डीको पाँचौँ संस्करणमा पुराना कलाकारसहित नयाँ कलाकारको संग्लनता रहेको खनालको भनाइ छ ।

चलचित्रमा दह्याङ राई, बुद्धि तामाङ, विजय बराल, रेश्मा गुरुङ, अरुणा कार्की, कमलमणि नेपाल, विपिन कार्की, पुस्कर गुरुङ, कविता आले, सृजना गुरुङ, शिशिर वाङ्देल, विष्णु मोक्तान र प्रमिला राईलगायतका कलाकारको अभिनय रहने सहनिर्देशक खनालले जानकारी दिए ।

चलचित्रका मुख्य पात्र दह्याङ राई काजीको भूमिकामा छन । थकाली संस्कृतिमा आधारित काजीको कथावस्तुसँग जोडिएको छ । थकाली काजीको जीवनमा आइपर्ने आरोहअवरोहलाई चलचित्रमा उतार्ने प्रयास भइरहेको सहनिर्देशक खनालले बताए । नायकको भूमिकामा वीरकाजी शेरचन, काजीको भूमिकामा दह्याङ रहेको उनले जनाए ।

कलाकार अरुणा कार्कीले मुस्ताङमा कबड्डीका छायाङ्कन निरन्तर रहनु दर्शकहरूको माया र यहाँका समुदायका माया तथा विश्वासको प्रतिफल रहेको उल्लेख गरिन । काजीकी आमाको भूमिकामा रहेका कार्कीले प्राकृतिक सौन्दर्यता र थकाली समुदायको उद्गमस्थल थासाङ क्षेत्रमा छायाङ्कन भइरहनु आफूहरूका लागि पनि गर्व महसुस भएको बताइन । कबड्डी एक र दुईमा अभियन गरिसकेकी कार्कीले यहाँको थकाली संस्कृति बुझ्ने अवसर नजिकबाट प्राप्त भएको बताइन ।

यसैगरी चलचित्रमा मैयाँको भूमिकामा रहेकी रेश्मा गुरुङले यहाँको नाउरीकोटमा मैयाँको होटल भनेर परिचित रहेकामा गर्व लागेको बताइन । यो स्थानमा कबड्डीका छायाङ्कनले पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्याएको गुरुङको भनाइ छ ।

प्रकाशित मिति : १२ कार्तिक २०८२, बुधबार  ४ : २८ बजे

पेट्रोलियम पदार्थमा भारी मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगम लिमिटेडले पेट्रोलियम पदार्थमा भारी मूल्य

त्रिविमा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि तहको अध्यापन हुने

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा आगामी वर्षदेखि संस्कृत विषयमा विद्यावारिधि

यी हुन् ११० समानुपातिक साँसदमा सिफारिस उम्मेदवार (सूचीसहित)

काठमाडौं। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा थ्रेसहोल्ड पुर्याएका

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि

७० लाख घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन