१० फाल्गुन २०८२, आइतबार | February 22, 2026

दक्षिण कोरियाको बुसानमा चिनियाँ राष्ट्रपति सी र अमेरिकी समकक्षी ट्रम्पबीच वार्ता



बुसान । चिनियाँ राष्ट्रपति सी चिनफिङ र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पबीच उच्चस्तरीय वार्ता गरेका छन् ।

ह्वाइट हाउसमा ट्रम्पको पुनरागमनपछि उनीहरूबीचको यो पहिलो प्रत्यक्ष भेट हो । दुबै नेताहरूले विशेषगरी व्यापारका विषयमा बढ्दो तनावलाई व्यवस्थापन गर्ने उद्देश्यले वार्ता गरेका हुन् ।

बन्द ढोकाभित्रको यो वार्ता दक्षिण कोरियाको बुसान शहरमा भइरहेको एशिया–प्रशान्त आर्थिक सहयोग (APEC) शिखर सम्मेलनको छेउमा सम्पन्न भएको हो ।

बिहीबारको यो बैठक अमेरिका–चीन सम्बन्धमा देखिएको उतार–चढावको बीचमा आएको हो, जसमा व्यापारिक तनाव झन् चर्किँदो छ । यसै महिनामा ट्रम्पले चिनियाँ सामानमा थप शुल्क लगाउने धम्की दिएका थिए र चीनले दुर्लभ खनिज (Rare Earth) निर्यातमा लगाएको प्रतिबन्धको प्रतिक्रियामा सीसँगको वार्ता रद्द गर्न सक्ने संकेत दिएका थिए ।

तर पछि अमेरिकी राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा हुने बैठकपछि अमेरिका र चीनबीच “एकदमै न्यायपूर्ण र उत्कृष्ट व्यापार सम्झौता” हुने अपेक्षा व्यक्त गरेका थिए । तर उनले त्यही समयमा चेतावनी पनि दिएका थिए कि यदि नोभेम्बर १ को म्यादसम्म सम्झौता हुन सकेन भने उनी शुल्क वृद्धि गर्ने निर्णयलाई अघि बढाउनेछन् ।

गत आइतबार मलेसियाको क्वालालम्पुरमा सम्पन्न व्यापार वार्तापछि दुवै देशबीच प्रारम्भिक रूपरेखा सम्झौता भएको थियो । अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रियरका अनुसार “नेताहरूले सँगै समीक्षा र निर्णय गर्न सक्ने खालको अन्तिम सहमतिको विवरणमा हामी अघि बढिरहेका छौँ ।”

अमेरिकी वित्त सचिव स्कट बेसन्टले भने ट्रम्प–सी भेटका क्रममा टिकटोक सम्बन्धी सम्झौता अन्तिम हुने बताएका छन् ।

यसअघि ट्रम्पले भनेका थिए कि दुर्लभ खनिज, फेन्टानिल, सोयाबिन र ताइवान जस्ता विषयहरू वाशिङ्टनका प्राथमिकतामा छन् । अक्टोबर २० मा ताइवानबारे दुर्लभ टिप्पणी गर्दै ट्रम्पले भनेका थिए, “बेइजिङ ताइवानमा आक्रमण गर्न चाहँदैन, मलाई केही पनि हुन लागेको देखिँदैन ।” उनले ताइपेई सम्भावित व्यापार सम्झौतामा सामेल हुने वा नहुनेबारे भने स्पष्ट पारेका थिएनन् ।

बेइजिङ ताइवानलाई चीनको हिस्सा मानेर आवश्यक परे बल प्रयोग गरेर पुनर्मिलन गर्न सकिने बताउँदै आएको छ । अमेरिकासहितका अधिकांश मुलुकहरूले ताइवानलाई स्वतन्त्र राज्यका रूपमा मान्यता दिंदैनन् । तर वाशिङ्टनले ताइवानमाथि बलपूर्वक नियन्त्रण लिन खोजिएमा विरोध गर्ने र त्यस विरुद्ध हतियार आपूर्ति गर्न प्रतिबद्ध रहेको बताउँदै आएको छ ।

बेइजिङले बारम्बार ताइवानलाई “पहिलो रातो रेखा जुन पार गर्न सकिँदैन” भन्दै आएको छ र वाशिङ्टनलाई ताइवानलाई हतियार बिक्री रोक्न र ताइवानको स्वतन्त्रताको विरोध गर्न आग्रह गरेको छ । ट्रम्पको दोस्रो प्रशासन भने ताइवानप्रति आफ्नो ठोस नीति सार्वजनिक गर्न अझै मौन रहेको छ ।

यस वर्ष सी र ट्रम्पबीच तीन पटक फोन वार्ता भइसकेको छ । सबैभन्दा पछिल्लो वार्ता गत महिनामा भएको थियो । सो अवसरमा सीले स्थिर अमेरिका–चीन सम्बन्धको महत्त्व जोड दिएका थिए र दुवै देशले मिलेर काम गर्नुपर्ने बताएका थिए । तर उनले ट्रम्पको एकपक्षीय व्यापार प्रतिबन्धको आलोचना पनि गरेका थिए, जसको विवरण चीनको परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको थियो ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ९ : ४५ बजे

बुटवल उद्योग वाणिज्य संघको ७३ औं स्थापना दिवस : पूर्वअध्यक्ष लाकौललाई सम्मान

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले संघका पूर्वअध्यक्ष निर्मलप्रसाद

चितवन-३ मा कस्तो छ चुनावी माहोल ?

चितवन । चितवन क्षेत्र नं ३ का नेपाली कांग्रेस र

बजेटलाई यथार्थपरक ‘साइज’मा ल्याउन मुख्यमन्त्री आचार्यको निर्देशन

दाङ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा

निर्वाचन स्थगित गराउने प्रयास हुँदैछन्, निर्धारित समयमै हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मतदान अधिकृतका लागि प्रशिक्षण सुरु

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाँकेमा मतदान अधिकृत र