२२ भदौ २०८३, सोमबार | September 7, 2026

यूएईसँग पाँच विकेटले पराजित नेपाल, कप्तान रोहितको शतक पनि निष्प्रभावी



काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गतको खेलमा नेपाल यूएईसँग पाँच विकेटले पराजित भएको छ । नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३.३ ओभरमै पाँच विकेट गुमाएर पूरा गर्दै जित हात पारेको हो ।

कप्तान रोहित कुमार पौडेलले उत्कृष्ट शतक प्रहार गरे पनि टिमलाई जित दिलाउन सकेनन् । नेपालका बलरहरू यूएईका ब्याट्सम्यानहरूलाई रोक्न असफल देखिए । लगातार दोस्रो हारसँगै नेपालको लिग-२ अभियान थप चुनौतीपूर्ण बनेको छ ।

यूएईका लागि आर्यन शर्माले ९८ बलमा ९८ रनको शानदार इनिङ्स खेले । यस्तै, अलिशान शराफूले २६ बलमा ४५ रन, मोहम्मद वासिमले २६, राहुल चोपरा १५, ध्रुव परासर १६, सर्सित कौसिक १३, र जाहिद अलीले ११ रन जोडे ।

नेपालका बलिङ तर्फ सन्दीप लामिछानेले २ विकेट, जबकि करण केसी र दीपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए ।

यो जितसँगै यूएई ८ अंकसहित अन्तिम स्थानमा रहे पनि नेपालको स्थिति पनि राम्रो छैन । १८ खेलमा पाँच जित र दुई बराबरीसहित नेपालका १२ अंक मात्र छन् ।

लिग तालिकामा २२ खेलमा १६ जितका साथ अमेरिका ३२ अंकसहित शीर्ष स्थानमा छ । ३० अंकसहित स्कटल्यान्ड दोस्रो, २८ अंकसहित नेदरल्यान्ड तेस्रो, २४ अंकका साथ ओमान चौथो, २१ अंकसहित क्यानडा पाँचौं र १९ अंकका साथ नामिबिया छैठौं स्थानमा रहेका छन् ।

प्रकाशित मिति : १३ कार्तिक २०८२, बिहिबार  ६ : ४५ बजे

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको