२२ भदौ २०८३, सोमबार | September 7, 2026

दीपेन्द्र र करणको उत्कृष्ट ब्याटिङमा नेपालले अमेरिकालाई दियो २७२ रनको लक्ष्य



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत युएईमा जारी एकदिवसीय सिरिजमा अमेरिकाविरुद्ध नेपालले बलियो लक्ष्य प्रस्तुत गरेको छ । दुबईस्थित आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २७१ रनको चुनौतीपूर्ण योगफल तयार गरेको हो ।

नेपालका लागि अलराउण्डर दीपेन्द्रसिंह ऐरीले ७५ रनको शानदार अर्धशतकीय पारी खेले । उनले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै नेपाललाई मध्यमक्रममा सम्हालेका थिए । ऐरीले ४३ बलमा अर्धशतक पूरा गरेका थिए ।

त्यस्तै, उत्कृष्ट फिनिसिङ प्रदर्शन गर्दै आठौं नम्बरमा आएका करण केसीले मात्र ३१ बलमा ४९ रनको आतिशयपूर्ण योगदान दिए । उनी अर्धशतक बनाउन एक रनले चुके । सो क्रममा उनले २ चौका र ३ छक्का प्रहार गरे ।

नेपालले पहिलो खेलहरूमा देखाएको कमजोर ब्याटिङ प्रदर्शन सुधार्दै आज उत्कृष्ट पुनरागमन गरेको हो । अब जितका लागि अमेरिकालाई २७२ रनको लक्ष्य दिइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ३ : ११ बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको