२२ भदौ २०८३, सोमबार | September 7, 2026

आईसीसी विश्वकप लिग-२ मा नेपाल लगातार तेस्रो खेलमा पराजित, अमेरिकासँग चार विकेटले हार



काठमाडौं । यूएईमा जारी आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएई, नेपाल र अमेरिका सम्मिलित त्रिकोणात्मक सिरिजमा नेपालले लगातार तेस्रो खेलमा पराजय बेहोरेको छ ।

शनिबार अमेरिकासँग चार विकेटले पराजित भएसँगै नेपाल यस भ्रमणमा अहिलेसम्म अंकविहीन बनेको छ । अब नेपालको एक मात्र खेल यूएईसँग बाँकी छ । अन्तिम खेलमा जित हासिल गरे नेपालले २ अंक बटुल्नेछ, हारेमा भने अंकविहीन हुँदै फर्किनेछ ।

शुक्रबारको खेलमा २७२ रनको चुनौतीपूर्ण लक्ष्य दिए पनि बलिङ र फिल्डिङमा कमजोरी देखिँदा नेपाल ६ बल बाँकी रहँदै चार विकेटले पराजित भयो ।

अमेरिकाको जितमा साइतेजा मुक्कमल्लाले उत्कृष्ट ब्याटिङ गर्दै ७५ रन बनाए भने मिलिन्द कुमारले ७० रनको योगदान दिए । यस्तै सायन जहांगिरले ३६, मोनांक पटेलले २१, सुभम रनजनीले १९, समित पटेलले १६ र हरमित सिंहले १३ रन जोडे ।

नेपालका लागि बलिङतर्फ सन्दीप लामिछानेले ३ विकेट लिए भने नन्दन यादव, करण केसी र गुलशन झाले १/१ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा अलआउट हुँदै २७१ रनको सम्मानजनक योगफल बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ६७ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ७५ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै करण केसीले आक्रामक प्रदर्शन गर्दै ३१ बलमा २ चौका र ३ छक्कासहित ४९ रन बनाए । कुशल भुर्तेलले ४७ रन, भीम सार्कीले ४३ रन र कप्तान रोहितकुमार पौडेलले ३६ रनको योगदान दिए ।

बलिङमा अमेरिकाका हरमित सिंहले सर्वाधिक ३ विकेट लिए भने सौरभ नेत्रभालकर र नोस्तुज केन्जीले २/२ तथा जसदीप सिंह र सुभम रनजनीले १/१ विकेट हात पारे ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार  ९ : ३५ बजे

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर

राष्ट्रपति रामचन्द्र पौडेलले गरे बाढी प्रभावित क्षेत्रको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको