७ माघ २०८२, बुधबार | January 21, 2026

निर्वाचन आयोगबाट हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई मान्यता



काठमाडौं । निर्वाचन आयोगले हर्क साम्पाङद्वारा स्थापित श्रम संस्कृति पार्टीलाई आधिकारिक मान्यता प्रदान गरेको छ।

शनिबार आयोग कार्यालयमा आयोजित कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर साम्पाङ आफै उपस्थित भएर पार्टी दर्ताको प्रमाणपत्र ग्रहण गरेका हुन्।

प्रमाणपत्र बुझ्दै साम्पाङले ‘गफले होइन, उत्पादनमार्फत मात्रै रोजगारी सिर्जना सम्भव हुन्छ’ भन्दै उत्पादनमुखी अर्थतन्त्रमा जोड दिए। उनले देशमा रोजगारीका अवसर सिर्जना गर्न उत्पादन र निर्माणमा जोड दिनुपर्ने र श्रम, संस्कृति तथा सामाजिक रूपान्तरणका लागि पार्टी फिल्डमा खटिने बताएका छन्। “देश आफैंले बनाउने मौलिक शैली अपनाउने समय आएको छ,” साम्पाङले भने ।

साम्पाङले गत असोज १२ गते निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका थिए।

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा श्रम संस्कृति पार्टीले पनि भाग लिने तयारी गरेको छ।

प्रकाशित मिति : १६ कार्तिक २०८२, आइतबार  ३ : ५५ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

प्रतिनिधिसभा सदस्य निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत

हुम्लाको विकास सूचक र भविष्य

प्रचुर प्राकृतिक सम्पदा भएको तर राज्यको उपेक्षा र पहुँचको अभावले

केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा निर्वाचनमा राजनीतिक दल र उम्मेदवारको

प्रदेशकै ठूलो लुम्बिनी प्रादेशिक अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम बन्द हुँदै

बुटवल । लुम्बिनी प्रदेशकै ठूलो सरकारी अस्पताल बुटवलको लुम्बिनी प्रादेशिक