८ माघ २०८२, बिहिबार | January 23, 2026

सरकारको संवैधानिक परीक्षण हुनुपर्छ : महासचिव पोखरेल



काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकारको संवैधानिक परीक्षण हुनुपर्ने बताएका छन । प्रेस चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको संवादमा उनले अदालतमा मुद्दा विचाराधीन रहेकाले सो मुद्दाको फैसला नहुँदासम्म सरकारले निर्वाचनबाहेकका काम गर्न नहुने तर्क गरे ।

महासचिव पोखरेलले भदौ २३ र २४ गतेको घटनामा आन्दोलन कम अपराध बढी भएको टिप्पणी गरे । उनले सो आन्दोलन अग्रगमनका लागि नभइ पश्चगमनका लागि भएको आरोप लगाए । निर्वाचनको लागि गठन भएको यो सरकारलाई छ महिनाभित्र निर्वाचन गर्ने ‘म्याडेट’ दिएको बताउँदै उनले निर्वाचनका लागि सहज वातावरण बनाउनुपर्नेमा जोड दिए ।

महासचिव पोखरेलले राज्यमाथि नियोजित रूपमा आक्रमण गर्नेहरूलाई कारबाही गर्नुपर्ने उल्लेख गर्दै प्रहरी प्रशासनको मनोवल उच्च राख्नका लागि सरकारले विशेष पहल गर्नुपर्ने बताए । उनले जेलबाट भागेका मानिसहरूले दैनिकजसो कुनै न कुनै घटना गराइरहेकाले त्यसतर्फ सरकार सचेत रहनुपर्ने बताए ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ३ : ५३ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा