४ फाल्गुन २०८२, सोमबार | February 16, 2026

बुटवलमा माघमा कृषि मेला हुने



बुटवल । बुटवलमा आगामी माघमा नमुना कृषि मेला आयोजना हुने भएको छ । बुटवल उद्योग वाणिज्य संघ, रुपन्देहीको आयोजनामा माघ १४ देखि १८ गतेसम्म बुटवल मण्डपमा कृषि मेला हुने भएको हो ।

सोमबार बसेको संघको कार्यसमिति बैठकले मेलाको मिति तय गरेको महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी दिए ।

बुटवल उद्योग वाणिज्य संघले कृषि क्षेत्रको विकास र प्रवद्र्धनका उद्देश्यले सन् २०६२ सालदेखि नै विशिष्टिकृत कृषि मेला गर्दै आएको छ । संघका अध्यक्ष हरिप्रसाद अर्यालको अध्यक्षतामा बसेको बैठकले यस वर्षको मेलालाई नमुना कृषि मेला का रूपमा आयोजना गर्ने निर्णय गरेको हो ।

अध्यक्ष अर्यालका अनुसार नेपालमा परम्परागत रूपमा हुँदै आएको कृषि प्रणालीलाई व्यवसायिक र वैज्ञानिक बनाउँदै प्रतिस्पर्धी क्षमता विकास गर्ने दिशामा मेलाको मुख्य फोकस रहनेछ ।

उनले किसान, सेवा प्रदायक संस्था, उपभोक्ता र सरकारबीचको प्रभावकारी समन्वयका लागि मेलाले सशक्त भूमिका खेल्ने विश्वास व्यक्त गरे । “यी चार संयन्त्रबीच कसरी तारतम्य मिलाउन सकिन्छ भन्ने विषयमा मेलाले नयाँ दृष्टिकोण दिन्छ,” उनले भने ।

मेलामा कृषिजन्य उत्पादन, कृषि प्रविधि, औजार तथा उपकरणको प्रदर्शनी र बिक्री वितरणका साथै किसान, उपभोक्ता, सेवा प्रदायक र सरकारी प्रतिनिधिहरूबीच अन्तरक्रिया कार्यक्रम पनि हुने जनाइएको छ ।

त्यस्तै, कार्यसमिति बैठकले मजदुर नेता तथा जिफण्टका केन्द्रीय उपाध्यक्ष कमल गौतमको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बुटवल निवासी गौतमको कात्तिक १३ गते भैरहवामा उद्योगीहरूको विरोध प्रदर्शनका क्रममा बेहोस भई लडेर मृत्यु भएको थियो ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार  ५ : २९ बजे

पशुपतिमा एकैदिन ६ लाखभन्दा बढीले गरे दर्शन

काठमाडौं । महाशिवरात्री पर्वका अवसरमा आइतबार पशुपतिनाथ मन्दिर मा भक्तजनको

मुग्लिन-मलेखु सडकमा कालोपत्र गरिँदै

चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा-मलेखु सडक स्तरोन्नती गरी कालोपत्र गर्ने

सदरमुकामदेखि एक सय किलोमिटर टाढा छन् मतदान केन्द्रहरू

मुस्ताङ । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

तुलसी घिमिरेको ‘पहाड’ वैशाख १ बाट प्रदर्शन

काठमाडौं । वरिष्ठ निर्देशक तुलसी घिमिरे निर्देशित चलचित्र ‘पहाड’ आगामी

पाकिस्तानमाथि ६१ रनको प्रभावशाली जित, भारत एक खेलअघि नै सुपर-८ मा

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह ‘ए’ को महत्वपूर्ण प्रतिस्पर्धामा