काठमाडौं । ९ कम्युनिस्ट घटकबीचको एकताको प्रस्तावलाई नेकपा माओवादी केन्द्रले अनुमोदन गरेको छ । माओवादी केन्द्रको आज बसेको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठकले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका विभिन्न ९ कम्युनिस्ट घटकबीचको एकताको प्रस्तावलाई अनुमोदन गरेको हो ।
मंगलबार पार्टी एकतासम्बन्धी निर्णयलाई अनुमोदन गर्न बसेको माओवादीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले प्रस्तावित नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ र चुनाव चिन्ह पाँचकुने तारालाई पनि अनुमोदन गरेको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
सापकोटाले बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्बोधनमा राष्ट्रिय मुक्तिका लागि आधार तयार भएको बताएको जानकारी दिए। त्यस्तै माओवादी परित्याग गरि नयाँ अभियान घोषणा गरेका जनार्दन शर्माको सम्बन्धमा बैठकले अझै पनि विचार गर्न आग्रह गरेको उनले उल्लेख गरे।
उनका अनुसार बैठकमा झलनाथ खनाल, भीम रावल, घनश्याम भूसालहरुसँग पनि संवाद भइरहेको प्रचण्डले जानकारी गराएका थिए।


















प्रतिक्रिया