१६ श्रावण २०८३, शनिबार | August 1, 2026

९ पार्टी एकतापछि पार्टीको नामा ‘नेपाली कम्युनिष्ट पार्टी’, चुनाव चिन्ह पाँचकुने तारा हुने



काठमाडौं । ९ कम्युनिस्ट घटकबीचको एकताको प्रस्तावलाई नेकपा माओवादी केन्द्रले अनुमोदन गरेको छ । माओवादी केन्द्रको आज बसेको केन्द्रीय महाधिवेशन आयोजक समितिको बैठकले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका विभिन्न ९ कम्युनिस्ट घटकबीचको एकताको प्रस्तावलाई अनुमोदन गरेको हो ।

मंगलबार पार्टी एकतासम्बन्धी निर्णयलाई अनुमोदन गर्न बसेको माओवादीको महाधिवेशन आयोजक समितिको पूर्ण बैठकले प्रस्तावित नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ र चुनाव चिन्ह पाँचकुने तारालाई पनि अनुमोदन गरेको माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

सापकोटाले बैठकमा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो सम्बोधनमा राष्ट्रिय मुक्तिका लागि आधार तयार भएको बताएको जानकारी दिए। त्यस्तै माओवादी परित्याग गरि नयाँ अभियान घोषणा गरेका जनार्दन शर्माको सम्बन्धमा बैठकले अझै पनि विचार गर्न आग्रह गरेको उनले उल्लेख गरे।

उनका अनुसार बैठकमा झलनाथ खनाल, भीम रावल, घनश्याम भूसालहरुसँग पनि संवाद भइरहेको प्रचण्डले जानकारी गराएका थिए।

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलबार  ६ : ४१ बजे

नेपालगन्जमा सद्भाव र्‍याली, समापन स्थलमा प्लेकार्ड प्रदर्शन

नेपालगन्ज । देशमा शान्ति, सद्भाव र सामाजिक एकताको सन्देश प्रवाह

रुइला र ङुइला नाका खुलेपछि उत्तरी गोर्खाका स्थानीय हर्षित

काठमाडौं । चीनको स्वशासित क्षेत्र सिजाङ (तिब्बत)सँग जोडिएका रुइला र

नेपाली महावाणिज्य दूतावासको सेवा प्रभावकारिताबारे छलफल

काठमाडौं । दुबईस्थित नेपालको महावाणिज्य दूतावासले सेवा सञ्चालनको एक वर्ष

पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

विश्व स्तनपान सप्ताह आजदेखि मनाइँदै

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ), राष्ट्रसङ्घीय बाल कोष (युनिसेफ),