२८ फाल्गुन २०८२, बिहिबार | March 12, 2026

नख्खुबाट सिंहदरबार लगेर जाँचबुझ आयोगले रवि लामिछानेको बयान लिँदै



काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग बयान लिएको छ।

बुधबार दिउँसो नख्खु कारागारमा थुनामा रहेका लामिछानेलाई सुरक्षा व्यवस्था बीच सिंहदरबारस्थित आयोगको कार्यालयमा पुर्‍याइएको थियो। त्यहाँ पुग्नेबित्तिकै आयोगले उनलाई बयान दिन सुरु गराएको हो।

आयोगले लामिछानेसँग विशेषगरी भदौ २४ गते जेनजी आन्दोलनको क्रममा उनी नख्खु कारागारबाट कसरी बाहिर निस्किए, त्यसबेला कारागारभित्र र बाहिर के कस्तो गतिविधि भयो र सरकारी संयन्त्रको भूमिका कस्तो रह्यो भन्ने विषयमा बयान लिन लागेको हो । भदौ २४ आन्दोलनकै बीच लामिछाने केही समयका लागि जेल बाहिर निस्किएका थिए । तर, पछि पुनः कारागार फर्किएका थिए।

लामिछाने सहकारी बचत रकम अपचलन मुद्दामा पुर्पक्षका लागि लामिछाने हाल नख्खु कारागारमा थुनामा छन्।

सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटना र विवादका कारण उत्पन्न परिस्थितिको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको छ।

मंगलबार मात्र आयोग अध्यक्ष कार्की स्वयं नख्खु कारागार पुगेर निरीक्षण गरेका र लामिछानेसँग प्रत्यक्ष भेट गरेका थिए।

आयोगले यसअघि नख्खु कारागार प्रमुख सत्यराज जोशीसहित, कारागार सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरूबाट पनि घटनासम्बन्धी बयान लिइसकेको छ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार  २ : ३३ बजे

ग्लोबल आइएमई बैंकद्वारा ‘नन् रेसिडेन्ट र ओभरसिज बैंकिङ्ग विभाग’को शुभारम्भ

काठमाडौं । ग्लोबल आइएमई बैंकले विदेशमा बसोबास गरिरहेका नेपालीहरुका लागि

पश्चिम एशियाको युद्धले भारतीय रेस्टुरेन्टमा ग्यास सङ्कट

बेङ्गलुरु । पश्चिम एशियामा चर्किएको युद्धको प्रभाव भारतसम्म पुगेको छ

कालोसूचीमा पर्ने प्रावधानमा अध्ययन भइरहेको छ : गभर्नर पौडेल

वीरगन्ज । नेपाल राष्ट्र बैंकका गर्भनर डा विश्वनाथ पौडेलले राष्ट्र

आयल निगमको सूचनापछि ग्यासको अनावश्यक भण्डारण बढ्यो, ग्यास डिपोमा ग्राहकको घुँइचो

नेपालगन्ज । नेपाल आयल निगमले मध्यपूर्वको तनावको कारण देखाउँदै पेट्रोलियम

अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र निजी क्षेत्रका प्रतिनिधिबीच समसामयिक