२३ चैत्र २०८२, सोमबार | April 6, 2026

घरजग्गाको रोक्का सम्बन्धी अभिलेख उपलब्ध गराइदिन बाँके मालपोतको आग्रह



नेपालगन्ज । गत असोज २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपात भएका बाँकेको भूमिसुधार तथा मालपोत कार्यालयले नयाँ भवनबाट आम्सिक सेवा सुचारु गरेको छ । नेपालगन्ज ९ स्थित विद्युत प्राधिकरणको कार्यालय नजिकैको भवनबाट भूमिसुधार तथा मालपोत कार्यालले सेवा सुरु गरेको हो ।

आन्दोलनका क्रममा भएको आगजनी, लुटपात तथा तोडफोडबाट भौतिक संरचना लगायत कार्यालयमा रहेका अभिलेखहरु जलेर नष्ट भएको थियो । कार्यालयले आज एक सूचना प्रकाशित गर्दै बिभिन्न निकायमा घरजग्गा रोक्का गरिएको भए त्यस्तो घरजग्गाको रोक्का सम्बन्धी अभिलेख कार्यालयमा उपलब्ध गराइदिन आग्रह गरेको छ ।

सूचनामा विभिन्न अदालत, बैंक वित्तीय संस्था, सहकारी संघ संस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, आन्तरिक राजश्व कार्यालय, स्थानीय तह, ऋण असुली न्यायधिकरण, बीमा, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय लगायत अन्य निकाय तथा संघ(संस्थाहरूमा धितो बन्धक लिखत पारित गराई वा अन्य व्यहोराले घरजग्गा रोक्का गरिएको भए त्यस्तो घरजग्गाको रोक्का सम्बन्धी अभिलेख कार्यालयमा उपलब्ध गराइदिन आग्रह गरिएको छ ।

कार्यालयले अभिलेख अध्यधिक गर्ने कार्यमा सहयोग गरिदिन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार  ५ : ४७ बजे

ओली र लेखकलाई हिरासतमा राख्ने म्याद नथप्न सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री

दोस्रो सौभाग्य गोल्डकपमा देवदहको सहज जित

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक