नेपालगन्ज । गत असोज २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपात भएका बाँकेको भूमिसुधार तथा मालपोत कार्यालयले नयाँ भवनबाट आम्सिक सेवा सुचारु गरेको छ । नेपालगन्ज ९ स्थित विद्युत प्राधिकरणको कार्यालय नजिकैको भवनबाट भूमिसुधार तथा मालपोत कार्यालले सेवा सुरु गरेको हो ।
आन्दोलनका क्रममा भएको आगजनी, लुटपात तथा तोडफोडबाट भौतिक संरचना लगायत कार्यालयमा रहेका अभिलेखहरु जलेर नष्ट भएको थियो । कार्यालयले आज एक सूचना प्रकाशित गर्दै बिभिन्न निकायमा घरजग्गा रोक्का गरिएको भए त्यस्तो घरजग्गाको रोक्का सम्बन्धी अभिलेख कार्यालयमा उपलब्ध गराइदिन आग्रह गरेको छ ।
सूचनामा विभिन्न अदालत, बैंक वित्तीय संस्था, सहकारी संघ संस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल प्रहरी, आन्तरिक राजश्व कार्यालय, स्थानीय तह, ऋण असुली न्यायधिकरण, बीमा, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालय लगायत अन्य निकाय तथा संघ(संस्थाहरूमा धितो बन्धक लिखत पारित गराई वा अन्य व्यहोराले घरजग्गा रोक्का गरिएको भए त्यस्तो घरजग्गाको रोक्का सम्बन्धी अभिलेख कार्यालयमा उपलब्ध गराइदिन आग्रह गरिएको छ ।
कार्यालयले अभिलेख अध्यधिक गर्ने कार्यमा सहयोग गरिदिन सम्बन्धित सबैमा अनुरोध गरेको छ ।



















प्रतिक्रिया