१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

खजुरा क्यान्सर अस्पतालसहित ४ अस्पतालका २५६ अधिकृतस्तरको दरबन्दी स्वीकृत



खजुरा । स्थापना कालदेखि शुन्य दरबन्दीमा संचालनमा रहेको बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले पहिलो पटक सरकारी दरबन्दी प्राप्त गर्ने भएको छ । मन्त्रिपरिषदले सो अस्पताल सहित बिभिन्न अस्पतालका लागि अधिकृतस्तरको २ सय ५६ दरबन्दी स्वीकृत गरेसँगै बिना दरबन्दी संचालनमा रहेको क्यान्सर अस्पतालले दरबन्दी पाउने भएको हो ।

संत दीनदयाल महाराजबाट संकल्पित र नागरिकको मुट्ठीदानबाट निर्मित सो अस्पताल २०७२ सालबाट संघीय सरकारले स्वामित्व ग्रहण गर्दै संचालन गर्दै आएको छ । स्थापना भएदेखि नै काज, करार र दैनिक ज्यालादारी चिकित्सक र स्वास्थ्य कर्मचारीबाट संचालन हुँदै आएको अस्पतालका कर्मचारीहरुको दरबन्दी नहुँदा सेवामा असर पर्दै आएको थियो । दरबन्दी नभएकै कारण सो स्पताल सरकारको निजामती कितावखानामा समेत अभिलेखिकरण भएको थिएन ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य बीमा बोर्ड काठमाडौं, गेटा अस्पताल धनगढी (कैलाली), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा (बाँके), डडेल्धुरा अस्पताल (डडेल्धुरा) र कान्ति बाल अस्पताल (काठमाडौं) का लागि आर्थिक वर्ष २०८२र८३ मा आवश्यक अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ८ : १० बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा