६ श्रावण २०८३, बुधबार | July 22, 2026

खजुरा क्यान्सर अस्पतालसहित ४ अस्पतालका २५६ अधिकृतस्तरको दरबन्दी स्वीकृत



खजुरा । स्थापना कालदेखि शुन्य दरबन्दीमा संचालनमा रहेको बाँकेको खजुरा स्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालले पहिलो पटक सरकारी दरबन्दी प्राप्त गर्ने भएको छ । मन्त्रिपरिषदले सो अस्पताल सहित बिभिन्न अस्पतालका लागि अधिकृतस्तरको २ सय ५६ दरबन्दी स्वीकृत गरेसँगै बिना दरबन्दी संचालनमा रहेको क्यान्सर अस्पतालले दरबन्दी पाउने भएको हो ।

संत दीनदयाल महाराजबाट संकल्पित र नागरिकको मुट्ठीदानबाट निर्मित सो अस्पताल २०७२ सालबाट संघीय सरकारले स्वामित्व ग्रहण गर्दै संचालन गर्दै आएको छ । स्थापना भएदेखि नै काज, करार र दैनिक ज्यालादारी चिकित्सक र स्वास्थ्य कर्मचारीबाट संचालन हुँदै आएको अस्पतालका कर्मचारीहरुको दरबन्दी नहुँदा सेवामा असर पर्दै आएको थियो । दरबन्दी नभएकै कारण सो स्पताल सरकारको निजामती कितावखानामा समेत अभिलेखिकरण भएको थिएन ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य बीमा बोर्ड काठमाडौं, गेटा अस्पताल धनगढी (कैलाली), सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा (बाँके), डडेल्धुरा अस्पताल (डडेल्धुरा) र कान्ति बाल अस्पताल (काठमाडौं) का लागि आर्थिक वर्ष २०८२र८३ मा आवश्यक अधिकृतस्तरका अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०८२, बुधबार  ८ : १० बजे

मानसिक स्वास्थ्यसम्बन्धी सचेतना फैलाउन आग्रह

सुर्खेत । मानसिक स्वास्थ्य समस्या बढ्दै गएपछि जनस्वास्थ्य सेवा कार्यालय

बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो

काठमाडौं । नेकपा (एमाले) बागमती प्रदेश सरकारबाट बाहिरिएको छ ।

मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन

झापा । पूर्वी नेपालको प्रमुख व्यापारिक नाका मेची भन्सार कार्यालय

आज ४४ औँ विपी स्मृति दिवस, देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक

अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन्

चितवन । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएकोे अण्डाको मूल्य बढ्न