नेपालगन्ज । मतदाता नामावली संकलनमा राष्ट्रिय परिचयपत्रको विवरण मान्य हुने व्यवस्था गरिएसँगै बाँके प्रशासनजले शनिबार पनि राष्ट्रिय परिचयपत्र वितरण र विवरण दर्ताको सेवा सूचारु गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा भोलि शनिबार पनि राष्ट्रिय परिचयपत्र विवरण दर्ता सम्बन्धि सेवा उपलब्ध हुने भएको हो ।
निर्वाचन आयोगले राष्ट्रिय परिचय नम्बरको आधारमा समेत मतदाता नामावली अद्यावधिक गर्न सकिने व्यवस्था गरेपछि मतदाता नामावली दर्ता गर्न नागरिकलाई सहज बनाउन भोलि शनिबार समेत राष्ट्रिय परिचयपत्र विवरण दर्ता सम्बन्धि सेवा उपलब्ध हुने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
प्रशासकीय अधिकृत विष्णु साहनीले एक सूचना प्रकाशित गर्दै सर्वसाधारणको सहजताको लागि भोलि शनिबार पनि राष्ट्रिय परिचयपत्र दर्ताको काम सुचारु हुने जानकारी दिएका छन् ।


















प्रतिक्रिया