२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

लाहोर विश्वको दोस्रो प्रदूषित सहर



लाहोर । पाकिस्तानको सांस्कृतिक राजधानी लाहोर शनिबार ३९६ को वायु गुणस्तर सूचकाङ्क (एक्युआई) दर्ता भएसँगै विश्वको दोस्रो सबैभन्दा प्रदूषित सहर बनेको एआरवाई न्युजले जनाएको छ । रिपोर्टहरू उद्धृत गर्दै एआरवाई न्युजले पञ्जाब प्रान्तका विभिन्न क्षेत्रमा हावाको गुणस्तर अत्यन्तै खतरनाक अवस्थामा पुगेको उल्लेख गरेको छ ।

एक्युआई ५७१ पुग्दै फैसलाबाद पाकिस्तानको सबैभन्दा प्रदूषित सहरका रूपमा उभिएको छ भने गुजरानवाला ५७० कण पदार्थको स्तरका साथ दोस्रो स्थानमा रहेको छ । त्यस्तै लाहोरको एक्युआई ३९६ र मुल्तानको २५७ दर्ता भएको जनाइएको छ ।

गत वर्ष जाडो सुरु भएपछि पञ्जाबले लगातार वायु प्रदूषण र घना धुवाँको समस्या झेल्दै आएको थियो । धुवाँ नियन्त्रणका लागि अधिकारीहरूले निरन्तर प्रयास गरे तापनि हावाको गुणस्तर खतरनाक स्तरसम्म झर्दै गम्भीर जनस्वास्थ्य चुनौती सिर्जना भएको समाचारमा उल्लेख छ ।

केही दिनसम्म लाहोर पूरै धुवाँ-धुलोको मिश्रणले ढाकिएको थियो । यसमा कम गुणस्तरको डिजेल धुवाँ, चिसो मौसमसँगै झरिरहेको तापक्रम र मौसमी कृषि जलाउने कामले थप योगदान गरेको बताइएको छ । एक अवस्थाको चर्चा गर्दै वायु प्रदूषण लाहोरमा विश्व स्वास्थ्य सङ्गठन (डब्लुचओ) ले तोकेको सुरक्षित स्तरभन्दा ८० गुणा बढी पुगेको पनि जनाइएको छ ।

विषाक्त वायु, बढ्दो स्वास्थ्य जोखिम र कडा प्रदूषणको प्रभावबाट सर्वसाधारणलाई जोगाउन प्रान्तीय सरकारले विद्यालयहरू बन्द गर्नुका साथै भोजनालय, बजार तथा अन्य व्यवसायिक प्रतिष्ठानहरूको समयसीमा समेत सीमित गरेको एआरवाई न्युजले उल्लेख गरेको छ ।

यसअघि डन दैनिकले कतिपय अन्य सहरी केन्द्रहरूले पनि एक्युआई ३०० भन्दा माथिको स्तर दर्ता गरेको बताउँदै अधिकारीहरूले बासिन्दाहरूलाई बाहिरी गतिविधि न्यून गर्न, झ्याल-ढोका बन्द राख्न, बाहिर निस्कँदा मास्क प्रयोग गर्न र घरभित्र एयर प्युरिफायर चलाउन आग्रह गरेको उल्लेख गरेको थियो ।

ह्युमन राइट्स वाचले नागरिकहरूलाई सूचित गर्दै एक प्रतिवेदनमा हरियाली क्षेत्रको विनाश, कृषि जग्गामा कन्क्रिट संरचनाहरूको विस्तार, बाली जलाउने प्रचलन र व्यावहारिक सार्वजनिक यातायात प्रणालीको अभावले लाहोरमा वायु प्रदूषण वर्षौंदेखि झनै बिग्रँदै गएको बताएको छ ।

यातायात, ताप प्रयोजनका इन्धन, फोहोर जलाउने प्रथा, बिजुली उत्पादन तथा अन्य औद्योगिक गतिविधिहरूमा जीवाश्म इन्धनको अत्यधिक प्रयोग नै वायु प्रदूषणको वृद्धि भएको प्रमुख कारण रहँदै आएको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ११ : ५३ बजे

उपसभामुखमा सरस्वती लामाको उम्मेदवारी दिने राप्रपाको निर्णय

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले प्रतिनिधिसभाको उपसभामुख

उपसभामुखमा रुबी कुमारी ठाकुरको उम्मेदवारी, रास्वपाको समर्थन

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीको तर्फबाट रुबीकुमारी

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे, प्रमाण नपुगेपछि म रिहा भए : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा

‘लाइसेन्स’ छपाइ तीव्र गतिमा

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी