५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

नौ सय ५७ ग्राम खैरो हिरोइनसहित चार जना पक्राउ



काठमाडौं । नेपाल प्रहरीले लागुऔषध खैरो हिरोइन ओसारपसार गरी बिक्री गर्ने चार जनालाई पक्राउ गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी नायब निरीक्षक विचित्र मगरसहितको टोलीले भारतबाट खैरो हिरोइन ल्याएर राजधानी काठमाडौंलाई केन्द्र बनाई बिक्री दुई भारतीय नागरिकसहित चार जनालार्ई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

सप्तरी राजविराजका ३९ वर्षीय रविआनन्द देव, भारतको हरिपुरका २३ वर्षीय राजा कुमार, भारतको स्वस्तिकनगरका २१ वर्षीय देवेन्द्रकुमार शाह र मोरङका २९ वर्षीय पुष्प मगरलाई पक्राउ गरी सार्वजनिक गरिएको ब्युरोका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए। विशेष सूचनाका आधारमा प्रहरीले छापा मार्दा दुई भारतीय नागरिकसहित चार जनालाई पक्राउ गरिएको उनले बताए ।

सप्तरी राजविराजका देवको काठमाडौं महानगरपालिका–१३ स्थित पनेरुगाउँको कोठाबाट २७२ ग्राम खैरो हिरोइन फेला परेको प्रहरीले जनाएको छ । भारतीय नागरिक राजा र देवेन्द्रले स्कर्पियो गाडीमा भारतबाट खैरो हिरोइन ल्याएर बिक्री गर्न लागेको अवस्थामा चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गे अड्डाबाट ५९२ ग्राम र मगरको साथबाट कोटेश्वर क्षेत्रबाट ९३ ग्राम बरामद गरिएको सहप्रवक्ता यादवले जानकारी दिए ।

खैरो हिरोइन भारतबाट ल्याएर काठमाडौंमा केन्द्र बनाई कारोबार गर्ने गरेको अनुसन्धानमा खुलेको उनले जानकारी दिए। पक्राउ परेका व्यक्तिमाथि लागुऔषध (नियन्त्रण), ऐन २०३३ बमोजिम थप अनुसन्धान भइरहेको सहप्रवक्ता यादवले जानकारी दिए ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  ४ : ३८ बजे

पूर्वराष्ट्रपति भण्डारी चीन प्रस्थान

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज चीन प्रस्थान गरेकी छन्

विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

म्याग्दी । पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित म्याग्दीमा पुनर्निर्माण र पुनःस्थापनाका

अम्बे स्टिल उद्योगको फर्नेस आयल ट्यांकीमा आगलागी

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिका–५ बकसपुरस्थित अम्बे स्टिल कम्पनीमा आगलागी

नेपालगन्जमा रामलीला : ४५ फिट अग्लो रावणको पुतला दहन

नेपालगन्ज । नेपालगन्जमा जारी १६९ औं रामलीला मञ्चन समारोह रावणको

अमेरिकाद्वारा इरानमाथि नयाँ हमलाको तयारी, कडा प्रतिकार गर्ने इरानको चेतावनी

वासिङ्टन । अमेरिकाले मध्यावधि निर्वाचनपछि इरानमाथि नयाँ आक्रमण गर्ने सम्भावनाबारे