१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

होटल कल्पतरुले मनायो १० औं वार्षिकोत्सव, कर्णाली र सुदूरपश्चिममा सेवा विस्तारको घोषणा



नेपालगन्ज । नेपालगन्जमा विगत १० वर्षदेखि हस्पिटालिटी सेवा दिँदै आएको होटल कल्पतरुले आफ्नो स्थापनाको १०औं बार्षिकोत्सब मनाएको छ । आज एक कार्यक्रमका बिबिध कार्यक्रम गरेर होटलले स्थापनाको १०औं बार्षिकोत्सब मनाएको हो ।

उदघाटन कार्यक्रमको नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष टंक धामीले दीप प्रज्वलन गर्दै उदघाटन गरे । उदघाटन कार्यक्रममा बोल्दै उनले होटल कल्पतरुले नेपालगन्जमा छुट्टै पहिचान दिन सकेको बताए । उनले नेपालगन्जमा पर्यटक रोकिनेगरि थप सेवा दिन आवश्यक रहेको उल्लेख गर्दै होटलको थप सफलताको शुभकामना दिए । होटलका अध्यक्ष दिपु बैश्यको अध्यक्षतामा भएको वार्षिकोत्सव समारोहमा नेपालगञ्ज उद्योग बाणिज्य संघका पूर्व अध्यक्षद्वय कृष्ण प्रसाद श्रेष्ठ र नन्दलाल बैश्य, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी, नाट्टा बाँकेका अध्यक्ष डिल्ली रेग्मी, निवर्तमान अध्यक्ष श्रीराम सिग्देल, उपभोक्ता अधिकारकर्मी बसन्त गौतम लगायतले शुभकामना दिँदै आगामी दिनमा सेवाको गुणस्तर बृद्धि गर्दै यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा योगदान दिन सुझाब दिए ।

कार्यक्रममा होटलका अध्यक्ष बैश्यले होटलको सेवालाई अझ गुणस्तरीय बनाइने प्रतिबद्धता ब्यक्त गर्दै आगामी वर्षको मध्यसम्ममा कर्ढााली प्रदेशको सुर्खेतमा पाँच तारे होटल संचालन गर्नेगरि तयारी भइरहेको जानकारी दिए । उनले सन् २०२८ सम्ममा सुदूरपश्चिम प्रदेशको धनगढीमा पनि तारे होटल खोल्ने योजना रहेको बताए ।

होटलका महाप्रबन्धक लक्ष्मण पन्थीले नेपालगन्जबाट बाँके र यस आसपासको पर्यटकीय स्थलहरुको प्रचार एवं प्रवद्र्धनका लागि होटलले विशेष योजना संचालन गर्दै आएको जानकारी दिए । उनले नेपालगन्जबाट पायक पर्ने पर्यटकीय गन्तब्यसम्म पुग्ने वातावरण सृजना गर्ने र नेपालगन्जमा पर्यटक बस्ने समय लम्ब्याउने होटल सबैसँग सहकार्य गर्न इच्छुक रहेको बताए ।

होटलकी मानव संशाधन विभाग प्रमुख शिवानी गुप्ताले भावी योजनाका बारेमा जानकारी दिएकी थिइन् । सहभागी अतिथि र सञ्चारकर्मीहरुकाबीच होटल संचालकहरुले केक काटेर वार्षिकोत्सवलाई उत्सवमय बनाएका थिए । चारतारे मापदण्डको होटल कल्पतरुले वार्षिकोत्सवकै अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत आज बिहान सडक सरसफाई कार्यक्रम संचालन गरेको थियो ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १० : १२ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा