९ भदौ २०८३, मंगलबार | August 25, 2026

भैरहवामा श्रीमती हत्या गरेको आरोप लागेका वीरबहादुर बुटवल बसपार्कबाट पक्राउ



बुटवल । आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेका एक व्यक्तिलाई रुपन्देहीको बुटवल बसपार्कबाट प्रहरीले पक्राउ गरेको छ । भैरहवामा एक होटलमा कार्यरत आफ्नै श्रीमतीको हत्या गरेको आरोप लागेका बागलुङ निसीखोला गाउँपालिका(६ का ३२ वर्षीय विजय भन्ने वीरबहादुर कुँवरलाई प्रहरीले बुटवल बसपार्कबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-८, लुम्बिनी गेटमा रहेको होटल लुम्बिनी गेटमा काम गर्दै आएकी २० वर्षीया मेलिना परियार कार्तिक २७ गते बिहान करिब ८ बजे आफ्नै स्टाफ क्वाटरमा मृत भेटिएकी थिइन्। घटनाको अनुसन्धान गर्नेक्रममा प्रहरीले मेलिनाको हत्या उनकै श्रीमानबाट भएको ठहर गरेको छ । मेलिनाको मृत्यु नेपालको फौजदारी कानुनअनुसार ‘कर्तव्य गरी हत्या’को श्रेणीमा पर्ने प्रारम्भिक निश्कर्ष निकाल्दै प्रहरीले अनुसन्धान थालेको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सुरज कार्कीले बताए ।

मेलिना परियार र उनका श्रीमानबीच सामाजिक सञ्जाल प्रयोग गर्ने विषयमा विवाद हुने गरेको तथा श्रीमानले मेलिना अन्य पुरुषसँग कुरा गर्ने गरेको शंकाका आधारमा गर्ने, झैझगडा गर्ने गरेको प्रारम्भिक बयानबाट खुल्न आएको प्रहरीले जनाएको छ । घटनाको दिन पनि दुवै श्रीमान श्रीमतीबीच सोही विषयमा वाद-विवाद भएको र मादक पदार्थ सेवन गरेको अवस्थामै वीरबहादुरले श्रीमतीको हत्या गरेको प्रहरीले अनुमान छ।

घटनापछि फरार रहेका वीरबहादुर कुँवरलाई प्रहरीले विभिन्न सूचनाको आधारमा खोजी गर्ने क्रममा रूपन्देहीको बुटवल उपमहानगरपालिका(९ स्थित बसपार्क क्षेत्रमा लुकिछिपी भाग्ने तयारीमा रहेको अवस्थामा पक्राउ गर्न सफल भएको डीएसपी कार्कीले बताए ।

पक्राउ परेका कुँवरलाई नियन्त्रणमा लिएर अनुसन्धानको प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० कार्तिक २०८२, आइतबार  १० : ३७ बजे

मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द

जनकपुरधाम । आर्थिकमन्दीलगायतका कारणले मधेस प्रदेशमा गत आर्थिक वर्ष २०८२/८३

पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता

कास्की । पोखरा महानगरपालिका-९ पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा बसोबास

पूर्वसैनिकको ड्रागन फ्रुटखेती : वार्षिक ६० लाखसम्म आम्दानी

सुनसरी । आकर्षक बगैँचा । लटरम्म फलेका फल । अनि

जुम्लाका तीन स्थानीय तहमा फलफूल बगैँचा कार्यक्रम

जुम्ला । जुम्लाका आठ स्थानीय तहमध्ये तीन स्थानीय तहमा फलफूल

पालिकालाई जग्गा, दातालाई घडेरीः रघुगङ्गाको आफ्नै भवन बन्दै

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले चक्लाबन्दी विधिबाट जग्गा व्यवस्थापन गरी