१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

विप्लवको पार्टीको नाम नेकपा माओवादी, चुनाव चिन्ह गुलाव



काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको पार्टीले निर्वाचन आयोगबाट दर्ता प्रमाणपत्र र चुनाव चिन्ह पाएको छ । आयोगले विप्लवलाई नेपाल कम्युनिस्ट पार्टी (माओवादी) नामको दल दर्ताको प्रमाणपत्र र चुनाव चिन्ह गुलावको फूल प्रदान गरेको छ ।

दल दर्ताको प्रमाणपत्र पाए लगत्तै पत्रकारहरूसँग संक्षिप्त प्रतिक्रिया दिंदै विप्लवले नेपाल कम्युनिस्ट पार्टी माओवादी नयाँ अठोट, नयाँ विश्वास र नयाँ अभियानका साथ निर्वाचनमा जाने जानकारी दिए । उनले दल दर्तासँगै नयाँ अभियान सुरु भएको जनाउँदै भोलिबाट हामी देशभरि नयाँ अभियानमा अघि बढ्ने जानकारी दिए ।

विःलवले सर्वपक्षीय अन्तरिम सरकार बनाउन सकिए सबै दलहरूलाई चुनावमा लिएर जान र नयाँ व्यवस्था निर्माण गर्न सकिने निष्कर्ष आफ्नो दलको रहेको स्पष्ट पारे । अघिल्ला निर्वाचनहरु बहिस्कार गरेको र बन्दुकबाट मात्र सत्ता प्राप्त हुन सक्छ भन्ने अडानका साथ प्रचण्ड नेतृत्वको पार्टीबाट अलग भएका विप्लवको पार्टीलाई गुलाव चुनाव चिन्ह प्राप्त भएपछि सामाजिक सञ्जालमा चर्चा पाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०८२, मंगलबार  ३ : २२ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले