२१ चैत्र २०८२, शनिबार | April 4, 2026

भोजपुर पौवादुङ्माका ५२५ परिवारले पाए जस्तापाताको छानो



भोजपुर । नागरिकको फुसको छानो हटाउने अभियानअन्तर्गत भोजपुरको पौवादुङमा गाउँपालिकाले ५२५ परिवारलाई जस्तापाताको छानो वितरण गरेको छ । गाउँपालिकाले आफ्नै बजेटमा यहाँका गरिब विपन्न तथा आर्थिक रुपमा कमजोर परिवारलाई जस्तापाताको छानो वितरण गरेको हो ।

गाउँपालिकाले फुसको छानो हटाउने ‘कार्यविधि’ तयार गरेर जस्तापाताको छानो वितरण गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले जानकारी दिए । गाउँपालिकामा आवेदन दिएका ६९९ घरमध्ये हालसम्म ५२५ परिवारको छानो फेरिसकेको उनले जानकारी दिए ।

यस वर्षसम्म सबै परिवारको छानो फेर्ने काम सम्पन्न हुने उनले जानकारी दिए । यस वर्षका लागि एक करोड २० लाख बराबरको बोलपत्र आह्वान भइसकेको छ । हालसम्म छानो फेर्नको लागि गाउँपालिकाले दुई आर्थिक वर्षमा गरी दुई करोड ५० लाख खर्च गरिसकेको उनले बताए । गाउँपालिकाभित्रका मापदण्डमा परेका मध्येबाट ६ वटै वडाका गरिब, विपन्न, ज्येष्ठ, एकल महिला तथा दलित परिवारलाई प्राथमिकतामा राखेर खरको छानो हटाउने काम भइरहेको उनको भनाइ छ ।

नागरिकको सबैभन्दा सुरक्षित थलो आफ्नो घर भएकाले उनीहरुलाई सहज र सुरक्षित रुपमा बास बस्न सक्ने वातावरण निर्माणको लागि फुसको छानो हटाउने अभियान सञ्चालन गरेको गाउँपालिका अध्यक्ष किरण राईले बताए । केन्द्र सरकारबाट गाउँपालिकामा आउने फुसको छानो हटाउने कार्यक्रम कटौती भएकाले गाउँपालिकाले नीति तयार गरेर कार्यक्रम सञ्चालन गरेको उनले बताए ।

आगलागीको जोखिम, मनसुनमा हुने चुहावटको समस्या र आगालागीका कारण बर्सेनि हुने धनजनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले फुसको छानो हटाउने कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष ज्योत्सना राईले बताइन् । यसले नागरिकमा एकरुपतासँगै फुसको छानोको कारण वनमा लागेको आगो बस्तीमा पस्दा हुने क्षति न्यूनीकरणमा सहयोग पुग्ने उनको भनाइ छ ।

अभियानअन्तर्गत वडा नम्बर १ श्याशिलाका १३१, वडा नम्बर २ तिवारी भञ्याङका ७१, वडा नम्बर ३ च्याङ्ग्रेका १०६, वडा नम्बर ४ बास्तिमका १०४, वडा नम्बर ५ सोनादुम्का १३२ र वडा नम्बर ६ ठूलोदुम्माका १५५ परिवार गरी, ६९९ परिवारले जस्तापाताको छानो पाउनेछन् ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ७ : १९ बजे

प्रहरी ‘अप्रेसन’ : १८९ जना पक्राउ

काठमाडौँ । काठमाडौँ प्रहरीले बिचौलिया बनेर कानुनविपरीत काम गर्ने, विभिन्न

ठुलो परिमाणको ब्राउन सुगरसहित ४ जना पक्राउ

नेपालगन्ज । नेपालगन्जबाट प्रहरीले ठुलो परिमाणको लागु औषध ब्राउन सुगरसहित

कांग्रेसको ७७ वटै जिल्लामा ‘जरा अभियान’, यी हुन ७७ जिल्लाका केन्द्रीय प्रतिनिधि (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडी बढाएसँगै

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते

लमजुङ । आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको

परिचयपत्र नभएका व्यक्तिहरूले कांग्रेसको १५औँ महाधिवेशनमा भाग लिन नपाउने

ललितपुर । नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा