२ चैत्र २०८२, सोमबार | March 17, 2026

सिमरा घटना संवेदनशील, राजनीतिक कार्यक्रम रोक्न पाईंदैन : रास्वपा



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बाराको सिमरामा उत्पन्न भएको तनाबलाई संवेदनशील घटना भन्दै सरकारको ध्यानाकर्षण गराएको छ।

बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटी बैठकको बीचमा प्रवक्ता मनिष झाले निर्वाचनको माहोल बनाउन राजनीतिक दलहरूलाई सार्वजनिक कार्यक्रम आयोजना गर्ने पूर्ण अधिकार सुनिश्चित गर्नुपर्ने बताउँदै सिमरा घटनाप्रति गम्भीर चासो व्यक्त गरे।

उनले भने, “निर्वाचनको माहोल बनाउन राजनीतिक दलले सार्वजनिक कार्यक्रम आयोजना गर्न पाउनुपर्छ र सरकारले आवश्यक सुरक्षा उपलब्ध गराउनुपर्छ। आज सिमरामा भएको घटना संवेदनशील छ। यसमा राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर सरोकार र सरकारको आवश्यक ध्यानाकर्षण माग गर्दछौं।”

बाराको परवानीपुरमा एमाले निकट युवा संघले आयोजना गरेको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतलाई लक्ष्य गरी विमानस्थल गेटमा प्रदर्शन तथा तोडफोड भएको थियो। उक्त घटनापछि सिमरा क्षेत्र तनाबग्रस्त बनेको थियो।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ४ : १९ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित