४ कार्तिक २०८३, बुधबार | October 21, 2026

सरकारद्वारा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश-२०८२ जारी गर्न सिफारिस



काठमाडौं । सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश-२०८२ को जारी गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति रामचन्द्र पौडलेसमक्ष संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०८२ जारी गर्न सिफारिस गरेको हो ।

वर्तमान परिस्थितिमा केही संवैधानिक पदाधिकारीहरू नियुक्त गर्नैपर्ने आवश्यकता महशुस गर्दै सरकारले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउन परेको प्रधानमन्त्री कार्यालय निकट स्रोतले जनाएको छ । अध्यादेशमा संवैधानिक सुनुवाइसम्बन्धी बाधा अड्चन फुकाउन खोजिएको छ ।

स्रोतका अनुसार निर्वाचनपछि प्रतिनिधिसभा गठन भएपछि बन्ने संसदीय सुनुवाइ समितिको सामना गर्ने र समितिले अनुमोदन नगरेमा पदमुक्त हुनेगरी संवैधानिक पदाधिकारीहरू नियुक्तिको सिफारिस गर्न सकिने भन्ने विषयवस्तु अध्यादेशमा उल्लेख गरिएको छ ।

अध्यादेशमा गणपूरक संख्याको विषयमा उपस्थित सदस्यहरूको बहुमतले दिने राय नै निर्णायक हुने उल्लेख छ । अहिले ६ सदस्यीय संवैधानिक परिषद्‌मा प्रमुख विपक्षी दलको पद रिक्त छ ।

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार  ९ : ३५ बजे

जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

काठमाडौं । स्वदेश र विदेशमा रहेका कतिपय नेपालीले चाहेर पनि

नेवार समुदायले उल्लासमय पर्वका रूपमा मनाए मोहनी नखः

भक्तपुर । भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन्

बिक्रीमा जमरा

काठमाडौँ । बडा दसैँ अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनका

राष्ट्रपति र उपराष्ट्रपतिले गरे गुरुपुरोहितबाट बडादसैँको टीका ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज बिहानको शुभ साइतमा यस

बडादसैँले समाजलाई जोड्ने सद्भावको भावना अझ बलियो बनाओस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बडादसैँले समाजलाई जोड्ने