२७ जेष्ठ २०८३, बुधबार | June 10, 2026

प्रधानमन्त्रीलाई फिर्ता बोलाउन माग गर्दै २३ जेनजी समुहको राष्ट्रपतिलाई ज्ञापनपत्र



काठमाडौँ । प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन र ठुला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही जस्ता मागबाट सरकार पन्छिँदै गएको भन्दै विभिन्न २३ वटा जेनजी समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।

वर्तमान सुशीला कार्की नेतृत्वको सरकारबाट प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन र ठुला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही जस्ता म्यान्डेट सहितको अपेक्षा गरिए पनि सरकार मुख्य मागहरुलाई पन्छाएर चुनावमा मात्र केन्द्रीत भएको राष्ट्रपति पौडेललाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

जेनजी विद्रोहको जगमा बनेको सरकारले केवल चुनाव मात्रै गराउने कुरा स्वीकार्य नहुने भन्दै उनीहरुले दिशाहीन बनेको सरकारले आफ्ना माग पुरा गर्न नसके तत्काल प्रधानमन्त्रीलाई फिर्ता बोलाउन समेत माग गरेका छन् ।

जेन जी विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि मात्रै नभएको जनाउँदै ज्ञापनपत्रमा विद्रोहमा संलग्न जेनजीका २३ एलाइन्स, घाइते र सहिद परिवारका माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।

राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउनेमा जेनजी नेशनल फ्रन्ट लाइनर,जेनजी स्पार्क,एनटेक जेनजी, ऋणी एसोसिएसन,जेनजी वाई युनाइटेड, जेन्जी सभा, जेन्जस् पार्लियामेन्ट, जिबिबि ग्रुप, जियूपिसि ग्रुप, जेबाइएन ग्रुप, जेन्जी एलायन्स, नेपाल जेन्जी रिभ्यूलेसन (एनजिआर), १७। इक्वीटि नेपाल, स्वतन्त्र जेन्जी नेपाल, डिजिटल टास्क फोर्स जेन्जी ग्रुप, जेन्जी मुभमेन्ट नेपाललगायत रहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  २ : ५३ बजे

सामाजिक सञ्जालमार्फत यौनजन्य गतिविधि सञ्चालन गर्ने १६ जना पक्राउ

काठमाडौं । सामाजिक सञ्जालमार्फत ग्राहक खोजी गरी होटलहरूमा यौनजन्य अनैतिक

लागुऔषधसहित १६ जना पक्राउ

काठमाडौं । प्रहरीले देशका विभिन्न भागबाट लागुऔषधसहित १६ जनालाई पक्राउ

कोहलपुरबाट ठूलो परिमाणमा अफिम बरामद, २ जना पक्राउ

नेपालगन्ज । बाँकेको कोहलपुर क्षेत्रबाट ठूलो परिमाणको अफिमसहित दुई जनालाई

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं । नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले

प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको