१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

प्रधानमन्त्रीलाई फिर्ता बोलाउन माग गर्दै २३ जेनजी समुहको राष्ट्रपतिलाई ज्ञापनपत्र



काठमाडौँ । प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन र ठुला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही जस्ता मागबाट सरकार पन्छिँदै गएको भन्दै विभिन्न २३ वटा जेनजी समूहले राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापनपत्र बुझाएका छन् ।

वर्तमान सुशीला कार्की नेतृत्वको सरकारबाट प्रत्यक्ष जननिर्वाचित प्रधानमन्त्रीका लागि संविधान संशोधन र ठुला भ्रष्टाचार प्रकरणमा संलग्नलाई कारबाही जस्ता म्यान्डेट सहितको अपेक्षा गरिए पनि सरकार मुख्य मागहरुलाई पन्छाएर चुनावमा मात्र केन्द्रीत भएको राष्ट्रपति पौडेललाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

जेनजी विद्रोहको जगमा बनेको सरकारले केवल चुनाव मात्रै गराउने कुरा स्वीकार्य नहुने भन्दै उनीहरुले दिशाहीन बनेको सरकारले आफ्ना माग पुरा गर्न नसके तत्काल प्रधानमन्त्रीलाई फिर्ता बोलाउन समेत माग गरेका छन् ।

जेन जी विद्रोह र शहादत केवल अर्ली इलेक्सनका लागि मात्रै नभएको जनाउँदै ज्ञापनपत्रमा विद्रोहमा संलग्न जेनजीका २३ एलाइन्स, घाइते र सहिद परिवारका माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने पनि उल्लेख गरिएको छ ।

राष्ट्रपति पौडेललाई ज्ञापनपत्र बुझाउनेमा जेनजी नेशनल फ्रन्ट लाइनर,जेनजी स्पार्क,एनटेक जेनजी, ऋणी एसोसिएसन,जेनजी वाई युनाइटेड, जेन्जी सभा, जेन्जस् पार्लियामेन्ट, जिबिबि ग्रुप, जियूपिसि ग्रुप, जेबाइएन ग्रुप, जेन्जी एलायन्स, नेपाल जेन्जी रिभ्यूलेसन (एनजिआर), १७। इक्वीटि नेपाल, स्वतन्त्र जेन्जी नेपाल, डिजिटल टास्क फोर्स जेन्जी ग्रुप, जेन्जी मुभमेन्ट नेपाललगायत रहेका छन् ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  २ : ५३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले