१७ बैशाख २०८३, बिहिबार | May 1, 2026

पशुपतिमा सर्वसाधारणलाई प्राचीन सामग्रीको दर्शन गराइयो



काठमाडौं । पशुपति क्षेत्र विकास कोषले आज सर्वसाधारणलाई भगवान् पशुपतिनाथको नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन सामग्रीको दर्शन गराएको छ ।

कोषले प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशी र मार्गशीर्ष कृष्ण आमावास्यका दिन नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षसहित प्राचीन महत्त्वका गरगहनालगायत सामग्री सर्वसाधारणलाई देखाउने परम्परा छ । सोही परम्परा अनुसार आज बिहान ९ः०० बजेदेखि ११ः१५ बजेसम्म सुरक्षा निकायको सहयोगमा ती सामाग्री प्रदर्शन गरिएको कोषका निमित्त सदस्यसचिव सुभाषचन्द्र जोशीले जानकारी दिए।

यसअघि मार्गशीर्ष कृष्ण आमावास्याका दिन (मङ्सिर २ गते) मङ्गलबार बिहान १०ः०० बजेदेखि ११ः३० बजेसम्म पनि सुरक्षा निकायको सहयोगमा नागमणि, मुकुट, कवज, एकमुखे रुद्राक्षलगायत प्राचीन महत्त्वका गरगहना सर्वसाधारणलाई देखाइएको थियो ।

मार्गशीर्ष कृष्ण त्रयोदशीका दिनदेखि एक वर्ष सुरक्षित रूपमा ती सामग्री राखिएको छ । मार्गशीर्ष कृष्ण आमावास्यका दिनदेखि आगामी एक वर्षसम्म सुरक्षित रूपमा राखिन्छ भनी यी सामग्री देखाउने परम्परा रहिआएको कोषले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८२, बिहिबार  ५ : २३ बजे

खाना पकाउने ग्यासको मूल्य बढ्यो, पेट्रोल, डिजल र मट्टितेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्यवृद्धि गरेको

भोलि सार्वजनिक बिदा परेपनि सरकारी अस्पतालका ओपीडी सुचारु हुने

काठमाडौं । सरकारले भोलि (वैशाख १८) गते सार्वजनिक बिदा परेपनि

रोल्पा जिप दुर्घटनाको छानबिन गर्न समिति गठन

काठमाडौँ । गृह मन्त्रालयले रोल्पाको थवाङ गाउँपालिका–१ सल्यापमा आज भएको

ट्राफिक नियम उल्लंघन गर्ने चालकको लाइसेन्स, ब्लुबुक र साँचो नियन्त्रणमा नलिन सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले ट्राफिक प्रहरीबाट गरिने गरेको कागजपत्र नियन्त्रण

जोखिमयुक्त बस्ती स्थानान्तरणको दोस्रो चरण शुक्रबारदेखि

काठमाडौँ । सहरी विकास मन्त्रालयले आगामी शुक्रबारदेखि दोस्रो चरणअन्तर्गत काठमाडौँ