१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

‘नेसनल भोलेन्टियर फोर्स’ गठन, कमान्डरमा पुष्पराज श्रेष्ठ



काठमाडौं । नेकपा एमालेले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) को केन्द्रीय कमान्ड औपचारिक रूपमा घोषणा गरेको छ । काठमाडौंको माइतीघरमा आयोजित कार्यक्रममा एमाले जनसङ्गठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले ११ सदस्यीय केन्द्रीय कमान्ड सार्वजनिक गरेका हुन् ।

घोषित संरचनामा पुष्पराज श्रेष्ठ फोर्सका केन्द्रीय कमान्डर (प्रमुख)मा नियुक्त भएका छन् । त्यस्तै फोर्समा दुई जना सहकमान्डर रहने व्यवस्था गरिएको छ ।

कमान्डका सदस्यहरूमा केशव रोका, लव अधिकारी यादव, जयराम लामा, विदुर शर्मा, सागर भट्ट, सञ्जीव धिताल, विनिता काफ्ले लगायतका जिम्मेवारी पाएका छन् ।

एमालेले फोर्सलाई पार्टी गतिविधि, संगठन विस्तार तथा विभिन्न कार्यक्रमको व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न गठन गरिएको जनाएको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८२, शुक्रबार  ३ : २७ बजे

भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढ्यो, नदी किनारमा उच्च सतर्कता

काठमाडौं । रसुवाको भोटेकोशीमा पुनः लेदोसहित पानीको बहाव बढेको सूचना

भोटेकोशीको भेल : बगायो बस्ती, बढायो सन्त्रास

काठमाडौं । ‘तेता के के हुँदैछ, यता बाढी पसेर फेरि

रसुवा बाढीमा मृत्यु हुनेको संख्या ४६९ पुग्यो, ९७७ जना सम्पर्कविहीन

काठमाडौं । रसुवाको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेको संख्या ४६९

चितवनस्थित नदी किनारमा १७८ वटा शव फेला

चितवन । रसुवा बाढीका कारण त्रिशूली तथा नारायणी नदीमा १७८