विराटनगर । नेकपा (एमाले)का नेता महेश बस्नेतमाथि विराटनगरमा आक्रमणको प्रयास गरिएको छ । आइतबार सुनसरीको इटहरीमा आयोजना भएको कार्यक्रममा सहभागी हुन आएका बस्नेतमाथि विमानस्थलबाहिर रातो मसी छ्यापेर आक्रमण गर्न खोजिएको हो ।
सुरक्षा चुनौती र संवेदनशीलताका कारण उनीहरूको भ्रमणलाई पार्टी तथा सुरक्षा निकायले गोप्य राखेका थिए । विराटनगर विमानस्थलमा अवतरण गरेलगत्तै बस्नेतलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीको कडा सुरक्षा घेरामा राखिएको थियो ।
सुरक्षाको उच्च अवस्थामा उनलाई सर्वसाधारण यात्रु निस्कने मुख्य गेटबाटै स्कर्टिङ गर्दै गन्तव्यतर्फ लगिइरहेको बेला आक्रमणको प्रयास भएको हो । सुरक्षा निकाय ‘हाई अलर्ट’मा रहे पनि दुई युवाले मसी छ्याप्दै आक्रमण गर्न खोजेको प्रहरी स्रोतले जनाएको छ ।
नेता बस्नेत राष्ट्रिय युवा संघ नेपाल, कोसी प्रदेशले इटहरीमा आयोजना गरेको ‘जागरण सभा तथा जेनजी पुस्तासँग अन्तर-संवाद’ कार्यक्रममा सहभागी हुन विराटनगर आएका थिए । उनीसँगै एमाले नेता भानुभक्त ढकाल पनि उक्त कार्यक्रममा उपस्थित छन् ।


















प्रतिक्रिया