५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

खुकुरी प्रहार गरेर फरार भएका नवीन ४ दिनपछि पक्राउ



नेपालगन्ज। बाँके प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । धारिलो हतियार (खुकुरी) प्रहार गरी एक व्यक्तिलाई गम्भीर घाइते बनाएर फरार रहेका नेपालगन्ज १३ का नवीन सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०८२ मंसिर ३ गते राति करिब पौने १० बजे नेपालगन्ज उप–महानगरपालिका–१३ का सुरज गिरी लगायत व्यक्तिहरूले धारिलो हतियार (खुकुरी) प्रहार गरी एक व्यक्तिलाई गम्भीर घाइते बनाएका थिए। उक्त घटनामा संलग्नमध्ये फरार रहेका नवीनलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीलले बताए ।

बाँके जिल्ला अदालतमा ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दामा पक्राउ पुर्जी जारी भएपछि, प्रहरीले नवीनलाई आज बिहान पक्राउ गरेको उनले बताए । पक्राउ परेका सुनारमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  २ : १९ बजे

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली