३ चैत्र २०८२, मंगलबार | March 18, 2026

खुकुरी प्रहार गरेर फरार भएका नवीन ४ दिनपछि पक्राउ



नेपालगन्ज। बाँके प्रहरीले ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका एक अभियुक्तलाई पक्राउ गरेको छ । धारिलो हतियार (खुकुरी) प्रहार गरी एक व्यक्तिलाई गम्भीर घाइते बनाएर फरार रहेका नेपालगन्ज १३ का नवीन सुनारलाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार २०८२ मंसिर ३ गते राति करिब पौने १० बजे नेपालगन्ज उप–महानगरपालिका–१३ का सुरज गिरी लगायत व्यक्तिहरूले धारिलो हतियार (खुकुरी) प्रहार गरी एक व्यक्तिलाई गम्भीर घाइते बनाएका थिए। उक्त घटनामा संलग्नमध्ये फरार रहेका नवीनलाई पक्राउ गरिएको बाँके प्रहरी प्रवक्ता डिएसपी दिपक पातलीलले बताए ।

बाँके जिल्ला अदालतमा ज्यान मार्ने उद्योग अन्तर्गतको मुद्दामा पक्राउ पुर्जी जारी भएपछि, प्रहरीले नवीनलाई आज बिहान पक्राउ गरेको उनले बताए । पक्राउ परेका सुनारमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको बाँके प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  २ : १९ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड