१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

बाँकेमा थपिए १८ हजार १९५ नयाँ मतदाता



नेपालगन्ज । आगामी फागुन २१ गतेको निर्वाचनका लागि बाँकेमा १८ हजार १९५ नयाँ मतदाता थप भएका छन् । जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका नयाँ मतदता ११ हजार ७०९ र राष्ट्रिय परिचयपत्रका आधारमा मतदाता नामावलीमा नाम दर्ता गराउने छ हजार ४८६ सहित रहेका जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार निर्वाचन कार्यालयमा नाम दर्ता गराउनेमध्ये छ हजार ८३५ पुरुष र पाँच हजार ८७४ महिला छन् । राष्ट्रिय परिचयपत्रका आधारमा फोटोसहितको मतदाता नामावलीमा महिला र पुरुष छुट्टाउने काम भइरहेको निर्वाचन अधिकारी शाहीको भनाइ छ ।

उनले निर्वाचन कार्यालयमा नाम दर्ता गराउन युवापुस्तामा मतदाताको उत्साहजनक सहभागिता रहेको उल्लेख गर्दै अझै पनि धेरैको नाम छुटेको हुनसक्ने बताए । “जिल्लामा नाम दर्ता गराउनेमा अधिकांश मतदाता १८ देखि २५ वर्ष उमेर समूहका छन्”, उनले भने । यहाँ २०७९ सालको निर्वाचनमा तीन लाख ३३ हजार ९३४मतदाता थिए ।

आगामी फागुन २१ हुने भनिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन कार्यालयले नयाँ मतदाताको नाम दर्ता गर्ने, त्रुटि सच्याउने, स्थान परिवर्तनलगायत काम गर्दै आएको थियो । आठ स्थानीय तह रहेको बाँकेमा निर्वाचन कार्यालयमा नयाँ नाम दर्ता गराउनेमा नेपालगञ्ज र कोहलपुर नगरपालिकाका छन् ।

प्रकाशित मिति : ७ मंसिर २०८२, आइतबार  १० : १८ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा