३० श्रावण २०८३, शनिबार | August 15, 2026

जङ्गल सफारीसँगै बाँके निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो



नेपालगञ्ज । बाँके राष्ट्रिय निकुञ्जमा जङ्गल सफारीसँगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ ।

बैजनाथ–१ चिसापानीमा रहेका गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै दुई जङ्गल सफारी जीप सञ्चालनमा ल्याएपछि सफारी गर्न पर्यटकको घुइँचो लाग्न थालेको पर्यटन व्यवसायीले बताएका छन् ।

यहाँ आउने पर्यटकलाई लक्षित गरेर नेपालगञ्ज र कोहलपुर क्षेत्रमा खुलेका तारे होटल तथा बैजनाथ र राप्तीसोनारी गाउँपालिका क्षेत्रमा सञ्चलनमा रहेका होमस्टे तथा रिर्सोटमा समय बिताएर अधिकाँश पर्यटक बाँके राष्ट्रिय निकुञ्जमा घुम्ने गर्छन् ।

“हामीसँग सीमित जीप मात्रै छन्, त्यसैले जसले पहिला खबर गरेको हुन्छ उसैलाई घुमाउछौँ”, मिनी गाभर सामुदाियक होमस्टेका सञ्चालक बाबुराम चौधरीले भने । उनले खास गरी शनिबार आन्तरिक पर्यटकको रोजाइमा निकुञ्ज परेको उल्लेख गर्दै विदेशीले बाघ देख्न पाउँदा निकै खुशी हुने गरेका बताउनुभयो । यस बाहेक नाट्टा बाँकेसहित अन्य व्यवसायीले पनि थप सफारी जीप सञ्चालन गर्ने तयारी गरेका छन् ।

मिनी गाभर सामुदायिक होमस्टेका सञ्चालक चौधरीले निकुञ्जमा सफारी गर्न आउने पर्यटकको माग बढ्न थालेको उल्लेख गर्दै निकुञ्जमा जङ्गल सफारी गराउन गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले दुई थान सफारी जीप सञ्चालनमा ल्याएको जानकारी दिए । उनले दिनहँजसो २५ देखि ३० जनाको समूहमा पर्यटक काठमाडौँ, बुटवल, दाङ, सुर्खेत, नेपालगञ्ज र भारतका लखनउ, बहराइच तथा ठूला शहरलगायतका स्थानबाट आउने गरेको बताए ।

थारु संस्कृतिमा आधारित होमस्टेमा आउने पर्यटक जङ्गल सफारीसँगै थारु संस्कृतिमा नै रमाउने गरेको चौधरीको भनाइ छ । होमस्टेमा आउने पाहुनाका लागि चार घण्टा र आठ घण्टाको जङ्गल सफारी तथा जङ्गलमा ‘नाइट स्टे’ प्याकेज राखिएको छ । सफारीबापत् चार घण्टाको रु १२ हजार र आठ घण्टाको रु १६ हजार शुल्क निर्धारण गरिएको छ । जङ्गलमा रात्रि बास र खान तथा बस्नको लागि अलग प्याकेज रहेको छ ।

होमस्टेमा आउने पर्यटक प्रायः सफारी गर्न र जङ्गलमा ‘नाइट स्टे’ गर्न मन पराउँछन् । केही समयअघि मात्रै निकुञ्जको करेली मचानमा अमेरिकी नागरिकले नाइट स्टे गरेका र निकुञ्जभित्र जङ्गल सफारी गराउँदा पाटेबाघ, चितुवा, चित्तल, बँदेल, चौकालगायतका वन्यजन्तु पटक पटक अवलोकन गर्न पाएका थिए ।

नाट्टा बाँकेका निवर्तमान अध्यक्ष श्रीराम सिग्देलले नेपालगञ्जदेखि करिव २२ किलोमिटरको दुरीमा रहेको बाँके राष्ट्रिय निकुञ्ज सबैभन्दा नजिकको पर्यटकीय गन्तव्य भएको बताए । उनले निकुञ्जभित्रको बाटो खुला भइसकेको र यसले गर्दा निकुञ्जभित्र सहज रूपमा सफारी गर्न पाइने भएकाले वन्यजन्तु हेर्न निकुञ्जमा आउन आग्रह गरे ।

नेपाल–भारत सिमानाका खुला रहेकाले छिमेकी देश भारतबाट पनि पर्यटक भित्रायाउन सकिने सम्भावना रहेको उल्लेख गर्दै सिग्देलले निकुञ्जमा पछिल्लो समयमा बढेको पर्यटकीय गतिविधिले पर्यटनकर्मीलाई उत्साहित बनाएको धारणा राखे ।

बाँके राष्ट्रिय निकुञ्जका प्रमुख वीरेन्द्र कँडेलले निकुञ्जमा पर्यटकको आगमन बढ्न थालेको उल्लेख गर्दै जङ्गल सफारीका लागि नीजि लगानी बढ्न थालेको बताए।

नेपाल सरकारले बाघ संरक्षणका लागि अन्तरराष्ट्रिय समुदायसँग गरेको प्रतिबद्धताअनुरूप बाघको वासस्थान र जैविक मार्ग संरक्षण गर्ने उद्देश्यले २०६७ असार २८ गते बाँके, दाङ र सल्यानको ५५० वर्ग किलोमिटर क्षेत्रलाई समेटेर नेपालको १०औँ राष्ट्रिय निकुञ्जका रूपमा बाँके राष्ट्रिय निकुञ्ज स्थापना गरेको हो ।

प्रकाशित मिति : ९ मंसिर २०८२, मंगलबार  ४ : ३० बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर