२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

नेवा: सेवा समिति बुटवलले मनायो २० औँ स्थापना दिवस, सांस्कृतिक संरक्षणमा निरन्तर प्रतिबद्धता



बुटवल । नेवा: सेवा समिति बुटवलले मंगलबार आफ्नो २० औँ स्थापना दिवस विशेष कार्यक्रमका साथ मनाएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित समाजसेवी रविन्द्र गोपाल लाकौलले समितिले दुई दशकको यात्रामा देखाएका गतिविधि प्रशंसनीय रहेको उल्लेख गर्दै नेवा: समुदायको सांस्कृतिक अनुशासन, परम्परा र सामाजिक सेवाको भावना आजको समाजका लागि मार्गदर्शक बन्नसक्ने बताए ।

कार्यक्रममा समितिका अध्यक्ष डिल्ली कुमार श्रेष्ठले २० वर्षको यात्रा सहज नभए पनि समुदायको साथ र सदस्यहरूको निरन्तर प्रतिवद्धताले संस्थालाई उल्लेखनीय रूपमा अघि बढ्न सफल भएको बताए । उपाध्यक्ष सारदा श्रेष्ठले नेवा: समुदायको भाषा, संस्कृति, परम्परा र पहिचान संरक्षणमा समिति निरन्तर सक्रिय रहेको बताइन् ।

नेवा पुच-नेवा विकास परिषद्का अध्यक्ष काजिमान श्रेष्ठ, निसा देय दबु बुटवलकी अध्यक्ष सीता जोशी, तानसेन गुठीका अध्यक्ष केदार प्रसाद श्रेष्ठलगायतका वक्ताहरूले शुभकामना व्यक्त गर्दै २० वर्षदेखि निरन्तर संस्कृतिको जगेर्ना गर्दै आएको समितिको भूमिकाको प्रशंसा गरे ।

स्थापना दिवसको अवसरमा समितिले आर्थिक रूपमा कमजोर तथा शैक्षिक रूपमा अग्रसर विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरेको पनि समितिले जानकारी दिएको छ । छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूमा आयुष्मा श्रेष्ठ, प्रशन्न श्रेष्ठ, सुजल खड्का, कृष्ती श्रेष्ठ र रितु गाहा रहेका छन् । कार्यक्रमको सञ्चालन समितिका सचिव लक्ष्मण श्रेष्ठले गरेका थिए। कार्यक्रम समितिका अध्यक्ष डिल्ली कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : १० मंसिर २०८२, बुधबार  ७ : २५ बजे

जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

जुम्ला । सातौँ संस्करणको जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिताको तयारी पूरा

सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौँ । बुधबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ

प्रदेश संरचना र जिसस खारेज गर्न गोकुल बास्कोटाको सुझाव

काठमाडौं । नेकपा एमालेका नेता गोकुलप्रसाद बास्कोटाले प्रदेश संरचना तथा

पश्चिम बंगालमा बीजेपी नेताका निजी सहायकको गोली हानी हत्या

काठमाडौं । भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (बीजेपी) नेता

सञ्चारमाध्यमले नागरिकका आवाजलाई केन्द्रमा राख्नुपर्छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। विक्रम तिमिल्सिनाले सूचना