काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)का एकीकरण पक्षधर समूहसहित चार राजनीतिक शक्तिबीच आज एकता घोषणा हुने भएको छ।
नेपाली कम्युनिष्ट पार्टी, जनता समाजवादी पार्टी एकिकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूहबीचको एकता घोषणा कार्यक्रम आज दिउँसो १ बजे काठमाडौंस्थित राष्ट्रिय सभागृहमा आयोजना गरिएको छ।
कार्यक्रममा सम्बद्ध सबै समूहका शीर्ष नेता, संयोजक, राजनीतिक प्रतिनिधि तथा समर्थकहरू उपस्थित हुने बताइएको छ। एकीकृत राजनीतिक मोर्चा निर्माण गर्ने उद्देश्यसहित हुने सो घोषणा कार्यक्रममा आगामी राजनीतिक दिशा–निर्देश, साझा अभिमुखता र संगठनात्मक संरचनाबारे समेत नेताहरुले जानकारी गराउनेछन् ।


















प्रतिक्रिया