३० भदौ २०८३, मंगलबार | September 15, 2026

वाम तथा वैकल्पिक राजनीतिक समूहहरूको एकता घोषणा कार्यक्रम राष्ट्रिय सभागृहमा सुरु



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा)को एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह तथा नेकपा (माओवादी) विद्रोही समूहबीचको एकता घोषणा कार्यक्रम आज काठमाडौंस्थित राष्ट्रिय सभागृहमा सुरु भएको छ ।

कार्यक्रममा सहभागी विभिन्न वाम तथा वैकल्पिक धारका राजनीतिक समूहहरूले साझा राजनीतिक दिशानिर्देशन, संगठनात्मक संरचना र आगामी राजनीतिक भूमिकासम्बन्धी घोषणा गर्ने अपेक्षा गरिएको छ ।
एकता प्रक्रियाले वैकल्पिक बाम राजनीति सुदृढ हुने तथा बिखरिएका समूहहरू एक प्लेटफर्ममा आउने विश्वास आयोजकहरूले व्यक्त गरेका छन् । घोषणा कार्यक्रममा शीर्ष नेताहरू, पार्टी प्रतिनिधि, पूर्वकर्मचारी, बुद्धिजीवी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको छ ।

यसै क्रममा नेताहरूले समसामयिक राजनीतिक अवस्था, आर्थिक चुनौती तथा लोकतान्त्रिक प्रक्रियामा वाम भूमिका विषयक धारणा राख्ने कार्यक्रम रहेको आयोजक स्रोतले जनाएको छ ।

कार्यक्रम जारी छ ।

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहिबार  २ : ४० बजे

नेप्से परिसूचक ४८ दशमलव ५७ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

घरजग्गाको कारोबारमा बढोत्तरी : गत आवमा सात खर्ब २० अर्बको कारोबार

काठमाडौँ । गत आर्थिक वर्षमा रु सात खर्ब २० अर्ब

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीका कारण अवरुद्ध भएको पृथ्वीराजमार्गको

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री शाह

मुस्ताङ । प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम

बाँकेमा ६०७ हेक्टर बढी वनक्षेत्र अतिक्रमण

नेपालगन्ज । बाँकेमा आर्थिक वर्ष २०८२/८३ सम्ममा ६०७ हेक्टरभन्दा बढी