१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

धनगढीबाट माधव नेपालले भने – नेकपाले स्वच्छ र उत्तरदायी राजनीति स्थापित गर्छ



काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशमा स्वच्छ र उत्तरदायी राजनीति स्थापना गर्ने नेतृत्व अब आफ्नो पार्टीले गर्ने घोषणा गरेका छन्।

सुदूरपश्चिमको धनगढीमा शुक्रबार सम्पन्न ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक वातावरणमा इमानदारी, समर्पण र राष्ट्रप्रेमको भावना कमजोर बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे।

नेपालका अनुसार अहिलेका राजनीतिक दलहरूमा दलालीकरण, ठेकेदारीकरण, व्यापारीकरण, भ्रष्टीकरण र अपराधीकरणको प्रवृत्ति हावी भएको छ, जसका कारण देश कुशासन र भ्रष्टाचारको चपेटामा परेको छ।

‘दलहरूमा दलाली, ठेक्का, व्यापार, भ्रष्टाचार र अपराधीकरणको प्रवृत्ति चुलिँदै गएको छ,’ नेपालले भने, ‘अब त्यसको अन्त्य गरी स्वच्छ राजनीति निर्माण गर्ने नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले लिनेछ।’

उनले राजनीतिक नेताहरूमा इमानदारी र देशप्रतिको समर्पण बिना विकास सम्भव नहुने उल्लेख गर्दै आफ्नो पार्टी जनताप्रति उत्तरदायी भएर अगाडि बढ्ने बताए।

‘इमानदारी, समर्पण, देश बनाउने हुटहुटी र चिन्ता नभई देश अघि बढ्दैन,’ उनले भने, ‘हामीसँग देश र जनताको वास्तविक चिन्ता छ, त्यसैले स्वच्छ राजनीतिको मार्ग पहिल्याउने जिम्मा हामीले लिनेछौँ।’

नेपालको भनाइमा, नेपाली कम्युनिष्ट पार्टीको एकता अभियान केवल संगठन विस्तार मात्र नभई देशमा सुशासन, पारदर्शिता र जिम्मेवार राजनीतिक संस्कृतिको पुनःस्थापनासँग पनि जोडिएको छ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ४ : ४६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा