३१ भदौ २०८३, बुधबार | September 16, 2026

धनगढीबाट माधव नेपालले भने – नेकपाले स्वच्छ र उत्तरदायी राजनीति स्थापित गर्छ



काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले देशमा स्वच्छ र उत्तरदायी राजनीति स्थापना गर्ने नेतृत्व अब आफ्नो पार्टीले गर्ने घोषणा गरेका छन्।

सुदूरपश्चिमको धनगढीमा शुक्रबार सम्पन्न ‘एकता सन्देश सभा’लाई सम्बोधन गर्दै उनले वर्तमान राजनीतिक वातावरणमा इमानदारी, समर्पण र राष्ट्रप्रेमको भावना कमजोर बन्दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे।

नेपालका अनुसार अहिलेका राजनीतिक दलहरूमा दलालीकरण, ठेकेदारीकरण, व्यापारीकरण, भ्रष्टीकरण र अपराधीकरणको प्रवृत्ति हावी भएको छ, जसका कारण देश कुशासन र भ्रष्टाचारको चपेटामा परेको छ।

‘दलहरूमा दलाली, ठेक्का, व्यापार, भ्रष्टाचार र अपराधीकरणको प्रवृत्ति चुलिँदै गएको छ,’ नेपालले भने, ‘अब त्यसको अन्त्य गरी स्वच्छ राजनीति निर्माण गर्ने नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले लिनेछ।’

उनले राजनीतिक नेताहरूमा इमानदारी र देशप्रतिको समर्पण बिना विकास सम्भव नहुने उल्लेख गर्दै आफ्नो पार्टी जनताप्रति उत्तरदायी भएर अगाडि बढ्ने बताए।

‘इमानदारी, समर्पण, देश बनाउने हुटहुटी र चिन्ता नभई देश अघि बढ्दैन,’ उनले भने, ‘हामीसँग देश र जनताको वास्तविक चिन्ता छ, त्यसैले स्वच्छ राजनीतिको मार्ग पहिल्याउने जिम्मा हामीले लिनेछौँ।’

नेपालको भनाइमा, नेपाली कम्युनिष्ट पार्टीको एकता अभियान केवल संगठन विस्तार मात्र नभई देशमा सुशासन, पारदर्शिता र जिम्मेवार राजनीतिक संस्कृतिको पुनःस्थापनासँग पनि जोडिएको छ।

प्रकाशित मिति : १२ मंसिर २०८२, शुक्रबार  ४ : ४६ बजे

बुटवलमा भोलीदेखि ‘ब्यूटी क्यासल’ सञ्चालन, सौन्दर्य सेवासँगै व्यावसायिक तालिम पनि

बुटवल । सौन्दर्यसम्बन्धी विभिन्न सेवा प्रदान गर्ने उद्देश्यसहित बुटवल-८, सुख्खानगरमा

डिजेल अनियमितता प्रकरणमा तीन ट्याङ्कर निलम्बित, चालक-सहचालकलाई प्रवेश निषेध

भैरहवा । पेट्रोलियम पदार्थ ढुवानीका क्रममा ट्याङ्करमा जडित सुरक्षा प्रणालीमा

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा