१४ असार २०८३, आइतबार | June 28, 2026

गुल्मीको तम्घासमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल



बुटवल । शान्तिपूर्ण धर्ना बस्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीको मुल गेट अगाडी धर्ना बसेको कांग्रेस नेता कार्यकर्ताहरु एक्कासी जिल्ला प्रशासन कार्यालय प्रवेश गर्न खोजेपछि गुल्मीको तम्घासमा प्रहरी र कांग्रेस कार्यकर्ताहरु बीच धकेलाधकेल भएको छ ।

आफ्नो कार्यकर्ता कुटिएको बिरोधमा कुट्ने ब्यक्तिहरुलाई पक्राउ गर्न दवाब दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको मुल गेट अगाडी धर्ना बसेका कांग्रेस कार्यकर्ताहरु गेट भित्र छिर्न खोजेपछि केहिबेर धकेलाधकेल भएको हो । झडपमा कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठ सहित केहि कार्यकर्ता घाईते भएको कांग्रेसले जनाएको छ ।

शान्तिपूर्ण धर्ना बसिरहेकाहरु मध्यबाट केहि ब्यक्तिहरु कार्यालय परिषरमा प्रवेश गर्न खोजेपछि उनीहरुलाई रोक्ने क्रममा सामान्य धकेलाधकेल भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

रेसुंगा नगरपालिका १२ को रानीपोखरी निमाविको विषयलाई कांगैस र नेकपा कार्यकर्ताहरुका बीच विवाद भएकोमा नेकपाका कार्यकर्ताले आफ्नो कार्यकर्तालाई कुटपिट गरि घाईते बनाएको कांग्रेसले आरोप लगाउंदै आएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ५ : १५ बजे

मेसीको कीर्तिमानी गोलसगै अर्जेन्टिना समूह विजेता

काठमाडौं । स्टार स्ट्राइकर लियोनेल मेसीको कीर्तिमानी गोलको मद्दतमा साविक

दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा नेपालका सात खेलाडी भुटान जाँदै

काठमाडौं । नेपाल बडीबिल्डिङ तथा फिटनेस महासंघको समन्वय तथा राष्ट्रिय

डीआर कङ्गोको ऐतिहासिक पुनरागमन जित, दक्षिण कोरियाको विश्वकप यात्रा समाप्त

काठमाडौं । प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) ले फिफा विश्वकप

ओली, प्रचण्ड, माधवले आज एउटै मञ्चबाट भाषण गर्दै

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट

पहिरोले मेची राजमार्गको राजदुवाली खण्ड अवरुद्ध

इलाम । वर्षासँगै आएको पहिरोका कारण मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क(राजदुवाली