७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

गुल्मीको तम्घासमा कांग्रेस कार्यकर्ता र प्रहरीबीच धकेलाधकेल



बुटवल । शान्तिपूर्ण धर्ना बस्ने भन्दै जिल्ला प्रशासन कार्यालय गुल्मीको मुल गेट अगाडी धर्ना बसेको कांग्रेस नेता कार्यकर्ताहरु एक्कासी जिल्ला प्रशासन कार्यालय प्रवेश गर्न खोजेपछि गुल्मीको तम्घासमा प्रहरी र कांग्रेस कार्यकर्ताहरु बीच धकेलाधकेल भएको छ ।

आफ्नो कार्यकर्ता कुटिएको बिरोधमा कुट्ने ब्यक्तिहरुलाई पक्राउ गर्न दवाब दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालयको मुल गेट अगाडी धर्ना बसेका कांग्रेस कार्यकर्ताहरु गेट भित्र छिर्न खोजेपछि केहिबेर धकेलाधकेल भएको हो । झडपमा कांग्रेस गुल्मीका सभापति भुवन श्रेष्ठ सहित केहि कार्यकर्ता घाईते भएको कांग्रेसले जनाएको छ ।

शान्तिपूर्ण धर्ना बसिरहेकाहरु मध्यबाट केहि ब्यक्तिहरु कार्यालय परिषरमा प्रवेश गर्न खोजेपछि उनीहरुलाई रोक्ने क्रममा सामान्य धकेलाधकेल भएको गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

रेसुंगा नगरपालिका १२ को रानीपोखरी निमाविको विषयलाई कांगैस र नेकपा कार्यकर्ताहरुका बीच विवाद भएकोमा नेकपाका कार्यकर्ताले आफ्नो कार्यकर्तालाई कुटपिट गरि घाईते बनाएको कांग्रेसले आरोप लगाउंदै आएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७७, सोमबार  ५ : १५ बजे

गत वर्ष सडकमार्गबाट चार लाख पर्यटक मुस्ताङ पुगे

म्याग्दी । अघिल्लो वर्षको वैशाख १ देखि चैत ३० गतेसम्म

सुप्रिम सहकारी ठगी प्रकरण : अध्यक्ष गुरुङलाई जेल, ६ जनालाई धरौटीमा छोड्न आदेश

बुटवल । बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले

युएई एसीसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौं । एसीसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

विराटनगर । कोशी प्रदेशबाट संकल्प प्रस्ताव पारित भएको छ ।

इरानमाथि कथित आक्रमणपछि इटालीद्वारा ‘तनाव कम गर्न’ आग्रह

इटाली । इजराइलले इरानमाथि आक्रमण गरेको रिपोर्ट आएपछि इटालीका विदेशमन्त्री