१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

कांग्रेसको १५औं महाधिवेशन पुस २६देखि २८ गतेसम्म काठमाडौंमा हुने



काठमाडौं । लामो समयदेखिको विवादपछि नेपाली कांग्रेसले अन्ततः १५औँ महाधिवेशनको मिति तय गरेको छ।

पार्टीले पुस २६, २७ र २८ गते काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको हो। आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशनको विस्तृत कार्यतालिका प्रस्तुत गरेका छन्।

बैठकले नियमित महाधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । यसअघि महाधिवेशन तयारीका अन्य प्रक्रियाअन्तर्गत पुस १५ गतेदेखि वडा अधिवेशन सुरु हुने पनि बैठकले निर्धारण गरेको छ।

प्रवक्ता महतका अनुसार पुस १७ गते पालिका अधिवेशन र पुस १९ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन हुनेछन् । यसैगरी एउटा प्रतिनिधिसभा क्षेत्र भएको जिल्लामा पुस २२ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुनेछ भने एक भन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लामा पुस २२ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

सात प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते गर्ने निर्णय गरेको प्रवक्ता महतले जानकारी दिए ।

प्रकाशित मिति : १५ मंसिर २०८२, सोमबार  ३ : ४१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा