५ श्रावण २०८३, मंगलबार | July 21, 2026

नेप्से परिसूचकमा झिनो गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक शून्य दशमलव ५३ अङ्कले घटेर दुई हजार ६४४ दशमलव ७० को विन्दुमा कायम भएको हो ।

आज ३२४ कम्पनीको एक करोड आठ लाख १० हजार १०६ कित्ता शेयर ५६ हजार नौपटक खरिदबिक्री हुँदा रु चार अर्ब ४८ करोड १३ लाख ९४ हजार १४९ बराबरको कारोबार भएको छ । आजको कारोबारमा बैङ्किङ शून्य दशमलव ५८, होटल तथा पर्यटन शून्य दशमलव ६२, लगानी शून्य दशमलव ०४, जीवन बिमा शून्य दशमलव ५७ र लघुवित्त समूह शून्य दशमलव ०६ प्रतिशतले घटेको छ । अरू सबै समूहको उपसूचक बढेको छ । विकास बैङ्क शून्य दशमलव १७, वित्त शून्य दशमलव २७, जलविद्युत् शून्य दशमलव ७०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ५१, म्युचुअल फन्ड शून्य दशमलव २५, निर्जीवन बिमा शून्य दशमलव २६ र व्यापार समूहको उपसूचक शून्य दशमलव ७५ प्रतिशतले बढेको छ ।

आजको कारोबारमा ६ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिस्टिलरी लिमिटेड, स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड, झापा इनर्जी लिमिटेड, मबिलुङ इनर्जी लिमिटेड, बुँगल हाइड्रो लिमिटेड र श्रीनगर एग्रिटेक इन्ड्रस्टिज लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । सबैभन्दा धेरै गुमाउनेमा भने ग्रिन भेन्चर्स लिमिटेडको शेयर मूल्य नौ दशमलव ८५ प्रतिशतले घटेको छ ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै युनियन हाइड्रोपावर लिमिटेडको आज रु ३१ करोड ८१ लाख ३५ हजार ४७९ बराबरको छ लाख ३४ हजार ३१९ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८२, मंगलबार  ४ : ०० बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान