२१ मंसिर २०८२, आइतबार | December 7, 2025

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज



जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्।

मुख्यमन्त्रीको कार्यालयले शपथ समारोहका लागि आवश्यक तयारी पूरा भएको जनाएको छ।

सात दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा कांग्रेस संसदीय दलका नेता यादव मंसिर १९ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

यादवले शपथपछि आजै सानो आकारको मन्त्रिपरिषद गठन गर्ने तयारी गरेका छन् ।

संविधानको धारा १६८(३) अनुसार ठूलो दलको हैसियतमा प्रदेशको नेतृत्व सम्हालेका एमाले संसदीय दलका नेता सरोजकुमार यादवले विश्वासको मत लिन नसक्ने भएपछि उनले मंसिर १७ गते राजीनामा दिएका थिए। उनलाई कार्तिक २३ गते राति तत्कालिन प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेकी थिइन ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ८ : ५१ बजे

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल