१० माघ २०८२, शनिबार | January 24, 2026

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’



काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न जिल्लामा विवादास्पद बन्दै गएको छ। स्थानीय तहदेखि जिल्लास्तरसम्म नेताहरूबीच मनोमालिन्य चर्किँदै जाँदा प्रक्रियाको पारदर्शिता र आन्तरिक लोकतन्त्रप्रति प्रश्न उठ्न थालेका छन्।

यसै सन्दर्भमा एमाले नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत पछिल्लो घटनाक्रमबारे कडा प्रतिक्रिया व्यक्त गरेका छन्। उनले संगठनभित्र प्रतिनिधि चयनलाई ‘शक्ति प्रदर्शन र समूहगत वर्चस्वको केन्द्र’ बनाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै त्यसले पार्टी संस्कारलाई कमजोर बनाउने चेतावनी दिएका छन्।

बास्कोटाले विगत स्मरण गराउँदै पार्टी गतिविधिमा विचार र नीतिलाई प्राथमिकता दिने वातावरण क्रमशः क्षीण हुँदै गएको उल्लेख गरेका छन्। उनका अनुसार पछिल्ला चरणहरूमा प्रतिनिधि चयनमा बलियो समूहको हस्तक्षेप बढेको र ‘पाखुरा सुर्केर’ प्रभाव जमाउने प्रवृत्ति सतहमा देखिन थालेको छ। यस्तो व्यवहारलाई उनले पार्टीभित्र जन्मिँदै गरेको ‘घातक संस्कार’को रूपमा व्याख्या गरेका छन्।

बास्कोटाले लेखेका छन्, ‘चौथोमा विषेश कार्यक्रम सफल पार्न भनेर इलाका वाइएलले (युथ लिग) बदम, मकै शिला खोजेर सहयोग पठाइयो। तर पाँचौंदेखि आजसम्म सातौंबाहेक प्रतिनिधिकै रूपमा सहभागी हुने अवसर पाइयो। प्रायः सबैमा नीति विचारकै बहस चर्किए, अहिले प्रतिनिधि छनौटमा पाखुरा सुर्केको सुनियो। यो घातक संस्कार हुर्कन दिन हुँदैन ।’

महाधिवेशन प्रतिनिधि छनौटकै क्रममा ओखलढुुंगा, धनुषा, मोरङ, धनकुटा, सुनसरी, रौतहट लगायतका जिल्लामा आन्तरिक किचलो, आरोप–प्रत्यारोप, प्यानल मिलाउने विवाद तथा मतदान प्रक्रिया रोकिएर फेरि सुरु गर्नुपरेका घटनाहरू सार्वजनिक भएका छन्। स्थानीय तहमा कार्यकर्ताले विचारभन्दा नेतृत्वको पहुँच र दबाबलाई बढी महत्व दिइएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

पार्टीभित्र बढ्दो अस्वस्थ प्रतिस्पर्धा संगठनिक अनुशासनका दृष्टिले चुनौतीपूर्ण बन्दै गएको अवस्थामा बास्कोटाले आन्तरिक प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विचाराधारित बनाउन नेतृत्वलाई आग्रह गरेका छन्। उनका अनुसार महाधिवेशन जस्तो महत्वपूर्ण प्रक्रियालाई वर्गीय हित र राजनीतिक निष्ठा मजबुत बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा उल्टो दिशामा जाने संकेत देखिनु चिन्ताजनक छ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १० : १९ बजे

महिला टि-२० विश्वकप छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी

प्रचण्डको दाबी – चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनावका

अध्ययन–अनुसन्धानमा बैंक तथा वित्तीय संस्था कमजोर : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा

वाणिज्य बैङ्कको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको

माथिको आदेश भन्दै एयरपोर्टमा ममाथि अपमान गरियो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई