२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’



काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न जिल्लामा विवादास्पद बन्दै गएको छ। स्थानीय तहदेखि जिल्लास्तरसम्म नेताहरूबीच मनोमालिन्य चर्किँदै जाँदा प्रक्रियाको पारदर्शिता र आन्तरिक लोकतन्त्रप्रति प्रश्न उठ्न थालेका छन्।

यसै सन्दर्भमा एमाले नेता गोकुल बास्कोटाले सामाजिक सञ्जालमार्फत पछिल्लो घटनाक्रमबारे कडा प्रतिक्रिया व्यक्त गरेका छन्। उनले संगठनभित्र प्रतिनिधि चयनलाई ‘शक्ति प्रदर्शन र समूहगत वर्चस्वको केन्द्र’ बनाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै त्यसले पार्टी संस्कारलाई कमजोर बनाउने चेतावनी दिएका छन्।

बास्कोटाले विगत स्मरण गराउँदै पार्टी गतिविधिमा विचार र नीतिलाई प्राथमिकता दिने वातावरण क्रमशः क्षीण हुँदै गएको उल्लेख गरेका छन्। उनका अनुसार पछिल्ला चरणहरूमा प्रतिनिधि चयनमा बलियो समूहको हस्तक्षेप बढेको र ‘पाखुरा सुर्केर’ प्रभाव जमाउने प्रवृत्ति सतहमा देखिन थालेको छ। यस्तो व्यवहारलाई उनले पार्टीभित्र जन्मिँदै गरेको ‘घातक संस्कार’को रूपमा व्याख्या गरेका छन्।

बास्कोटाले लेखेका छन्, ‘चौथोमा विषेश कार्यक्रम सफल पार्न भनेर इलाका वाइएलले (युथ लिग) बदम, मकै शिला खोजेर सहयोग पठाइयो। तर पाँचौंदेखि आजसम्म सातौंबाहेक प्रतिनिधिकै रूपमा सहभागी हुने अवसर पाइयो। प्रायः सबैमा नीति विचारकै बहस चर्किए, अहिले प्रतिनिधि छनौटमा पाखुरा सुर्केको सुनियो। यो घातक संस्कार हुर्कन दिन हुँदैन ।’

महाधिवेशन प्रतिनिधि छनौटकै क्रममा ओखलढुुंगा, धनुषा, मोरङ, धनकुटा, सुनसरी, रौतहट लगायतका जिल्लामा आन्तरिक किचलो, आरोप–प्रत्यारोप, प्यानल मिलाउने विवाद तथा मतदान प्रक्रिया रोकिएर फेरि सुरु गर्नुपरेका घटनाहरू सार्वजनिक भएका छन्। स्थानीय तहमा कार्यकर्ताले विचारभन्दा नेतृत्वको पहुँच र दबाबलाई बढी महत्व दिइएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन्।

पार्टीभित्र बढ्दो अस्वस्थ प्रतिस्पर्धा संगठनिक अनुशासनका दृष्टिले चुनौतीपूर्ण बन्दै गएको अवस्थामा बास्कोटाले आन्तरिक प्रक्रियालाई पारदर्शी, निष्पक्ष र विचाराधारित बनाउन नेतृत्वलाई आग्रह गरेका छन्। उनका अनुसार महाधिवेशन जस्तो महत्वपूर्ण प्रक्रियालाई वर्गीय हित र राजनीतिक निष्ठा मजबुत बनाउने अवसरका रूपमा उपयोग गर्नुपर्नेमा उल्टो दिशामा जाने संकेत देखिनु चिन्ताजनक छ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  १० : १९ बजे

बुद्ध-परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको दक्षिण-पूर्वी भेगका प्रमुख ऐतिहासिक, धार्मिक तथा पर्यटकीय

भोटेकोशी बाढी : छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७ जना

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी । इटहरी उपमहानगरपालिका-४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

१५ किलोमा लेदो खसेपछि नारायणगढ-मुग्लिन सडक एकतर्फी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको १५ किलो नजिकै माथिबाट लेदो खसेपछि

प्रधानमन्त्री शाहले राष्ट्रियसभामा दुई निकायको वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाडौं । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न