२१ मंसिर २०८२, आइतबार | December 8, 2025

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय



भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार प्रवद्र्धन गर्ने उदेश्यले बागमती प्रदेश स्वस्थ्य मन्त्रालयले यसवर्षदेखि नमूनाका रुपमा ‘किशोर किशोरी डिजिटल पार्क’ सञ्चालन गर्ने भएको छ ।

बामगती प्रदेश स्वास्थ्य मन्त्री किरण थापा मगरले आज यहाँ सञ्चारकर्मीलाई यसबारेमा जानकारी दिँदै किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यलाई सुरक्षित गर्ने मूल उद्देश्यले पार्क सञ्चालन गर्न लागिएको जानकारी दिए ।

किशोर किशारीमा असुरक्षित यौन सम्बन्ध, असुरक्षित गर्भपतन, यौन रोगको प्रकोप बढ्दै गएको अबस्थामा सुरक्षित यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी शिक्षा आजको आवश्यकता महसुस गर्दै डिजिटल पार्कको अवधारणा ल्याइएको हो । उनले यसै वर्षदेखि नै स्थानीय पालिकासँगको समन्वय र साझेदारीमा कार्यान्वयनमा ल्याउने बताए ।

मन्त्री थापाले भने, “किशार किशोरीमा यौनिकता र शरीरको विकासका क्रममा देखिने परिवर्तन, रजस्वला र स्वच्छता, बाल विवाह, जवर्जस्ती करणी, र सुरक्षित प्रजनन स्वास्थ्य, धूम्रपान तथा मद्यपानका असरहरू, यौन दुव्र्यबहार, सचेतनाकाबारेमा विशेषज्ञ विचार, तथ्य र समाधानसम्बन्धी पडकास्टहरूको निर्माण गर्ने, डिजिटल बोर्डमार्फत किशोरकिशोरी जमघट हुने पार्कमा त्यसलाई राखिनेछ ।”

बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा सुमित्रा गौतमले किशोर किशोरीको शारीरिक र मानसिक विकासमा र उचित परामर्श एवं सन्देश प्रवाह गर्ने गरी देशभरमै पहिलो पटक मन्त्रालयले यो कार्यक्रम ल्याएको जानकारी दिइन् ।

वागमती प्रदेश स्वास्थ्य निर्देशनालयको महातहतमा सञ्चालनमा आउने यस कार्यक्रमका लागि मन्त्रालयले रु २५ लाख बजेट विनियोजन गरको छ । कार्यक्रम सम्बन्धित पालिकाको साझेदारी र समन्वयमा कार्यान्वयन हुने निर्देशनालयका निर्देशक डा नरेन्द्र झाले जानकारी दिए ।

उनले कार्यक्रम लागू हुने पार्कमा यौन तथा प्रजनन् स्वास्थ्यसँग सम्बन्धित डिजिटल जानकारीका सहज पहुँच हुने कोठा, हल, बाल, बेलसेप कोठा, एडल्सेन्ट हेल्थ रूम, डिजिटल डिस्प्ले राखे ठाउँ, पोस्टर डिस्प्ले वाललगायतका संरचनाको निर्माण गर्ने र किशोर किशोरीका लागि उपयुक्त एनिमेटेड भिडियोहरू, इन्फोग्राफिक्स र पोस्टरहरूको विकास गरी सन्देशहरु, बृत्तचित्रहरु र सन्देशमूलक साना भिडियोहरु प्रशारण गरिने बताए ।

प्रविधिको अधिकतम प्रयोग गरी स्मार्ट टिभी तथा स्क्रिन, यूपिएस, इन्टरनेट सेवाका साथै प्रतिक्रियाका लागि क्यूआर कोड सिस्टमको प्रयोग गर्दै सुरक्षित सामग्री प्रविधिहरू व्यवस्थापन गर्ने उनले बताए ।

निर्देशक झाले किशोर किशोरी बढी जमघट हुने सदर चिडियाखाना, त्रिभुवन पार्क, फन पार्क जस्ता पार्कलाई रोज्ने र यो कार्यक्रम हेटौडा वा काठमाडौँको कनै एक पालिकामा सञ्चालन गर्ने गरी पालिका छनोट भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ११ : ४३ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब