३ पुस २०८२, बिहिबार | December 19, 2025

बाढीपहिरो पीडितलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग



गण्डकी । नेलम्बो नेपालले माछापुच्छ्रे गाउँपालिका-७ धम्पुसस्थित ढाँडावासीका ७० घरपरिवारलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ ।

संस्थाले ११ वटा डस्टबिन, प्रतिघर एउटा हातधुने साबुन र कुल ३३० व्यक्तिलाई पुनःप्रयोग गर्न मिल्ने एन-९५ मास्क तथा स्वास्थ्य सचेतनामूलक ब्रोसर स्थानीय सिर्जना सांस्कृतिक परिवारलाई एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको हो । संस्थाका तर्फबाट कुल रु ५६ हजार बराबरका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जनसम्पर्क सुपरभाइजर भीमप्रसाद भण्डारीले जानकारी दिए ।

कार्यक्रममा नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले कोभिड-१९ को महामारीमा सबै जना एकजुट भएर लाग्नुपर्ने भन्दै सबैले सामाजिक दूरीलाई ख्याल गर्नुपर्ने आवश्यकता औँल्याए । अनिवार्य मास्क लगाउन, साबुनपानीले मिचीमिची हात धुन वा स्यानिटाइजर लगाउन आग्रह गर्दै उनले आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रम संयोजक डा किसन कोइराला, सिर्जना सांस्कृतिक परिवारका अध्यक्ष रामचन्द्र भण्डारी, देउराली आधारभूत विद्यालयका प्रधानाध्यापक दुर्गाप्रसाद भण्डारी, जनप्रतिनिधि कृष्णप्रसाद भण्डारीलगायतले उपलब्ध सामग्रीको सदुपयोग गर्न आग्रह गरे ।

बाढीपहिरोपीडितलाई आर्थिक सहयोग

सर्वाेच्च नेता गणेशमान सिंहको २३औँ स्मृति दिवसको अवसरमा तरुण दल कास्कीले शुरु गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार बाढीपहिरोपीडितलाई आर्थिक सहयोग गरिएको छ ।

तरुण दल कास्कीले कास्की क्षेत्र नं ३ अन्तर्गत अन्नपूर्ण गाउँपालिका–१ का विष्णु परियार, वडा नं २ का ऋषिराम अधिकारी, रामजी भण्डारी र राजाराम भण्डारीलाई जनही रु पाँच/पाँच हजारका दरले सहयोग गरेको हो । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस कास्कीका उपसभापति आइबहादुर गुरुङले लौहपुरुष गणेशमान सिंहको सम्झना गर्दै तरुणहरू पनि उनले देखाएको बाटोमा हिँड्न सक्नुपर्ने बताए ।

तरुण दलले गरेको कामको प्रशंसा गर्दै उनले आगामी दिनमा पनि यस्तै सामाजिक कार्यमा जागरुक हुन सक्नुपर्ने उल्लेख गरे । तरुण दल कास्कीका अध्यक्ष मनोज गुरुङले पार्टीलाई सशक्त बनाउन युवा तरुणको महत्वपूर्ण भूमिका आवश्यक रहेको बताए ।

लौहपुरुषको सम्झनामा तरुण दल सुखमा मात्र नभई दुःखमा पनि साथमै छ भन्ने सन्देश दिन आफूहरुले थोरै भए पनि आर्थिक सहयोग गरेको उनले बताए ।

सप्ताहव्यापी कार्यक्रम भएकाले आगामी दिनमा कास्कीको अन्य स्थानमा पनि आर्थिक सहयोग गर्ने योजना रहेको उनको भनाइ छ । रासस

प्रकाशित मिति : ६ आश्विन २०७७, मंगलबार  १२ : ४९ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको