२६ फाल्गुन २०८२, मंगलबार | March 10, 2026

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस पनि गयो सर्वोच्च अदालत



काठमाडौं । प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको छ र यसपटक देशको ठूलो दल नेपाली कांग्रेसले पनि भदौ २७ गते गरिएको प्रतिनिधि सभा विघटनविरुद्ध रिट दायर गरेको छ । विघटित संसद्का प्रमुख सचेतक श्याम घिमिरेले अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई वारिसे बनाउँदै सर्वोच्च अदालतमा रिट दर्ता गराउने तयारी गरेका हुन् ।

कांग्रेसका तर्फबाट रिट दायर गर्ने जिम्मा निर्वाचन समिति संयोजक समेत रहेका अधिवक्ता खातीलाई दिइएको जनाइएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार महाराजगञ्जमा भएको भेटका कारण कांग्रेस पनि एमालेलाई साथ दिँदै विघटनविरुद्ध सर्वोच्च धाएको टिप्पणी राजनीतिक वृत्तमा भइरहेको छ ।

रिट निवेदनमा कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरे, सचेतक सुशीला थिङसहित कुल ८ जना सांसद सहभागी छन् । रिट सोमबार दर्ता हुने जनाइएको छ । यसअघि कांग्रेसले प्रतिनिधि सभा पुनर्स्थापनाको मागसहित हस्ताक्षर अभियान पनि सञ्चालन गरेको थियो ।

प्रकाशित मिति : २१ मंसिर २०८२, आइतबार  ६ : २० बजे

रूपन्देहीका विभिन्न स्थानबाट अवैध भन्सार छलेर ल्याइएका सामग्री नियन्त्रणमा

भैरहवा । रूपन्देहीका विभिन्न स्थानबाट प्रहरीले अवैध रूपमा भन्सार छली

प्रतिनिधिसभा सदस्य निर्वाचन : समानुपातिकतर्फ एक करोड दुई लाख ५३ मतगणना, रास्वपा अग्रस्थानमा

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड दुई

आजको मौसम : दिनभर साधारणतया बादल लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, उपल्लो वायुमण्डलमा रहेको उच्चचापीय

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

राजविराज । राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल (दन्तरोगसम्बन्धी) शाखाअन्तर्गत बहिरङ्ग (ओपिडी)

सिरहामा ग्यास अभावको बहानामा कालोबजारी

सिरहा । जिल्लामा खाना पकाउने एलपी ग्यासको अभाव देखाउँदै केही