२५ बैशाख २०८३, शुक्रबार | May 9, 2026

कालिका मानवज्ञान मावि बुटवलमा ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका खेलकुद कार्यक्रम सुरु



बुटवल । देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा स्थापित कालिका मानवज्ञान माध्यमिक विद्यालय, बुटवल-१० रुपन्देहीले आफ्नो ६५औँ वार्षिकोत्सव तथा अभिभावक दिवसअन्तर्गतको आन्तरिक खेलकुद कार्यक्रमको शुभारम्भ गरेको छ ।

सोमबार सेक्टर-१ कालिका नगरमा आयोजित विशेष समारोहका बीच बुटवल उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष तथा प्रमुख अतिथि बोनिन पियाले प्रतियोगिताको औपचारिक शुभारम्भ गरेका हुन् ।

शुभारम्भ समारोहलाई सम्बोधन गर्दै पियाले विद्यालयस्तरबाट खेलकुद गतिविधि विस्तार हुनुले विद्यार्थीको अन्तरनिहित प्रतिभा पहिचान र राष्ट्रियस्तरमा उभ्याउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए । खेलकुदले अनुशासन, आत्मविश्वास र नेतृत्व क्षमताको विकासमा टेवा पुर्‍याउने भएकाले विद्यालयको पहल प्रशंसनीय रहेको उनको भनाइ थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्यानन्द ज्ञवालीको अध्यक्षतामा सम्पन्न भयो । कार्यक्रममा प्रधानाध्यापक दिनेश थापा, सहायक प्रधानाध्यापक विष्णुहरी ज्ञवाली, पिताम्बर बन्जाडे, कक्षा ११ र १२ का विभिन्न संकाय प्रमुख तथा दिवा र विहान सत्रका ईन्चार्जहरूको उपस्थितिमा विद्यालय खेलकुद गतिविधिबारे विस्तृत जानकारी प्रस्तुत गरिएको थियो ।

विद्यालयले वार्षिकोत्सवको अवसर पारेर मंसिर २३, २४ र २५ गते आन्तरिक खेलकुद प्रतियोगिताहरू आयोजना गर्ने भएको छ । प्रतियोगितामा लङ जम्प, हाई जम्प, २००, ३००, ४०० र ८०० मिटर दौड, छात्र-छात्रा कबड्डी, भलिबल लगायतका प्रतिस्पर्धा हुनेछन् । साथै विद्यालयको आयोजनामा जिल्ला स्तरीय ‘कालिका कप खेलकुद प्रतियोगिता’ पनि यसै अवसरमा हुने खेलकुद संयोजक ओम सारुले जानकारी दिए ।

जिल्ला स्तरीय भलिबल र कबड्डी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरूलाई आकर्षक नगद पुरस्कार राखिएको छ । प्रथम हुने टोलीले ३० हजार रुपैयाँसहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, द्वितीय हुनेले २० हजार तथा तृतीय हुनेले १० हजार रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्ने विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विवेकराज पोखरेलले जानकारी गराए। प्रतियोगिता पुस १ देखि ५ गतेसम्म सञ्चालन हुनेछ ।

विद्यालयको ६५ औँ वार्षिकोत्सवअन्तर्गत छात्रवृत्ति वितरण तथा सम्मान कार्यक्रम पुस ६ गते सेक्टर-२ रामनगरमा आयोजना हुनेछ भने मुख्य समारोह सोही दिन कालिका नगर सेक्टर-१ मा भव्य रूपमा सम्पन्न हुने विद्यालयले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ७ : २४ बजे

यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय १५ दिन बन्द

दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा यार्सागुम्बा सङ्कलनको सिजन सुरु

प्रगतिशील सङ्गीत उत्सवः नौ बुँदे घोषणापत्र जारी

काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौँको आयोजनामा

अस्थायी बसोबासमा नयाँ सहारा : खरिपाटी ‘होल्डिङ सेन्टर’ मा सुकुमवासीहरूको दैनिकी

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र अस्थायी

बाँकेको नरैनापुरमा छोटी भन्सार सञ्चालनमा आउँदै

नेपालगन्ज । द्वन्द्वकालमा बन्द रहेको बाँकेको नरैनापुरस्थित छोटी भन्सार कार्यालय

उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले उचित व्यवस्थापनविना सुकुम्वासीलाई विस्थापन नगर्न अन्तरिम