७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलद्वारा अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो विचार समूहका तर्फबाट अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बताएका छन ।

एमालेको ११ औँ राष्ट्रिय महाधिवेशन यही मङ्सिर २७-२९ गतेसम्म काठमाडौंमा हुन गइरहेको सन्दर्भमा आज सम्पादकहरूसँग अन्तरसंवाद गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न लागेको बताए ।

उनले नेतृत्व पुस्तान्तरण र हस्तान्तरणसहित विधि र प्रक्रियाका आधारमा सबैलाई समेटेर पार्टी सञ्चालन गर्नुपर्दछ भन्ने आम नेता तथा कार्यकर्ताको भावनलाई सम्मान गर्दै अध्यक्ष पदमा उम्मेदवारी दिन लागेको स्पष्ट पारे ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले चुनावी प्रतिस्पर्धामा जितहारको अवस्थालाई स्वाभाविक रुपमा लिनुपर्ने धारणा व्यक्त गर्दै निर्वाचनको परिणाम जेजस्तो आए पनि आफूहरू पार्टीका पक्षमा दृढताका साथ उभिने स्पष्ट पारे ।

एक प्रश्नको जिज्ञासामा वरिष्ठ उपाध्यक्ष पोखरेलले राज्यको संविधान, पार्टीको विधान, अन्तरराष्ट्रिय असल अभ्यास र सम्बन्धित व्यक्तिको चाहना भए जो कोहीलाई राजनीतिमा आउन दिनुपर्ने धारणा व्यक्त गरे ।

यसैगरी प्रतिनिधि सभाको पुनःस्थापनासम्बन्धी विषय हाल अदालतमा विचाराधीन रहेकाले अनावश्यक टीकाटिप्पणी गर्न नहुने बताउँदै उनले लोकतन्त्र र निर्वाचनमा विश्वास गर्ने पार्टी भएकाले एमालेले आगामी निर्वाचनमा भाग लिने स्पष्ट पारे । वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकका वामपन्थी शक्तिहरूबीच एकता हुनुपर्ने पक्षमा आफूहरू रहेको बताए ।

प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरसंवाद कार्यक्रममा पार्टीका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे, सचिव योगेश भट्टराई र गोकर्ण विष्टलगायतका नेताको उपस्थिति थियो ।

प्रकाशित मिति : २४ मंसिर २०८२, बुधबार  ७ : ३७ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज