२६ मंसिर २०८२, शुक्रबार | December 13, 2025

नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ



काठमाडौं । नेपाल प्रहरीले काठमाडौंको नयाँ बसपार्कमा जथाभावी रुपमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने ४६ जनालाई पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको टोलीले पछिल्लो समय गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुको झोला तानेर यात्रुलाई दुःख हैरानी दिने तथा शङ्कास्पद गतिविधि गर्ने ४६ जना व्यक्तिलाई बुधबार साँझ पक्राउ गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक ९एसपी० पवनकुमार भट्टराईले देशका विभिन्न भागबाट राजधानी काठमाडौं आएका यात्रुलाई जबर्जस्ती झोला तानेर दुःख हैरानी दिने ट्याक्सी चालक, होटल सञ्चालक र होटलमा कार्यरत कर्मचारीलाई पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले आज मात्र ४६ जनालाई नियन्त्रणमा लिएको छ । “सुरुको समयमा सम्झाइबुझाई गरेर छाडेका छौँ, उक्त घटना दोहोरिएको खण्डमा कडा कारबाही प्रक्रिया अगाडि बढाउँछौँ”, उनले भने । प्रहरीले उक्त अभियानलाई निरन्तरता दिने बताए ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  १२ : २९ बजे

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारी पूरा

‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’

काठमाडौँ । सौन्दर्य व्यवसाय महिलाको सुन्दरतासँग मात्र नभइ उनीहरूको अर्थोपार्जनसँग

उपरथीमा विशेष बढुवा भएकालाई प्रधानसेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

काठमाडौँ । उपरथीमा विशेष बढुवा भएका लीलाबहादुर खनाल क्षेत्रीलाई प्रधानसेनापति

विधान संशोधन नगरि सकियो एमाले सचिवालय बैठक

काठमाडौँ । गत भदौ दोस्रो साता भएको विधान महाधिवेशनले पारित

पाल्पामा जिप दुर्घटना : ३ जनाको मृत्य, दुई जनाको सनाखत

पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा ३