२९ भदौ २०८३, सोमबार | September 15, 2026

गाउँघरमा प्रयोग हुने परम्परागत पानीघट्टाको प्रचलन हराउँदै



भोजपुर । गाउँघरमा कुटानीपिसानीका लागि प्रयोग हुँदै आएको परम्परागत पानीघट्टा चलाउने प्रचलन भोजपुरमा क्रमशः हराउँदै गएको छ । संरक्षण अभावमा पानीघट्टाजस्ता परम्परागत साधन ओझेलमा पर्न थालेका हुन् ।

ओरालोमा पानीलाई कुलोमार्फत झारेर पङ्खा घुमाइ ढङ्गाको जातोको साहाराले मकै, गहुँ, कोदो, फापर, जौंलगायत अन्न पिस्ने पानीघट्टा विगतमा ग्रामीण क्षेत्रको प्रमुख कुटानीपिसानी विधि थियो ।

गाउँघरका बासिन्दाले कुटानी-पिसानीका लागि सहज, सस्तो र सरल विकल्पका रूपमा पानीघट्टालाई अपनाउने गर्थे । तर, अहिले पानीघट्टा चलाउने परम्परा हराउँदै गएको टेम्केमैयुङ–५ का वृद्ध बेनीबहादुर विष्ट बताउछन् ।

‘अहिले पानीघट्टाको चलन हराउँदै गएको छ’, उनले भने, ‘पहिला टोलभरिका मानिस कुटानीपिसानी गर्न पानीघट्टा आउने गर्थे, अहिले यो पुरानो चलन लोपहुँदै गएको छ ।’ पानीघट्टामा कुटानीसिपानी गर्दा विद्युतीय तथा डिजेल, पेट्रोलबाट सञ्चालन हुने मिल भन्दा सस्तो पर्ने टेम्केमैयुङ-५ मा पानीघट्टा सञ्चालन गर्दै आएका हरिबहादुर लम्सालले बताए ।

पछिल्लो समय पानीघट्टा चलाउने प्रचलन लोपहुँदै गएको उनले बताए । आफूले भने परम्परागत सामग्रीको संरक्षण गर्ने लक्ष्यले पानीघट्टा चलाउँदै आएको उनको भनाइ छ ।

‘पानीघट्टामा पिसिएको अन्न स्वादिलो हुन्छ’, उनले भने, ‘आधुनिक प्रविधिको विकाससँगै यस्ता परम्परागत सामग्री हराउँदै गइरहेका छन्, मैले भने परम्परा जोगाउन निरन्तर चलाइरहेको छु ।’

उनले पानी प्रशस्त भएको समयमा पानीघट्टाले दिनमा छदेखि आठ मुरीसम्म अन्न पिस्न सक्ने बताए । स्थानीयका अनुसार पानीघट्टाले पिसिएको अन्न स्वादिलो, ताजा र स्वास्थ्यका लागि उत्तम हुन्छ ।

प्राकृतिक तरिकाले पिसिने भएकाले अन्नको पोषण र स्वाद जस्ताको त्यस्तै रहने उनीहरुको भनाइ छ । तर, पछिल्लो पुस्ताले यस्तो परम्परागत साधनप्रति कम चासो देखाउँदै आएको छन् ।

परम्परागत सीप र पहिचान जोगाउन पानीघट्टाको संरक्षण गर्न आवश्यक रहेको स्थानीयवासीले बताउने गरेका छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  १२ : ३५ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ