१९ चैत्र २०८२, बिहिबार | April 2, 2026

नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखियो : माधव नेपाल



नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी पुस्ताको २३ गतेको आन्दोलनलाई आफूहरुले समर्थन गरेपनि भोलीपल्टको भएको आगजनी र लुटपाट अपत्तिजनक र बेठिक भएको बताएका छन् । पार्टीले आयोजना गरेको बाँके जिल्लास्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै सहसंयोजक नेपालले जेनजीको जेनजीको नाममा भदौ २४ गते भएको लुटपाट र आजगनी गर्नेलाई छुट दिन नहुने बताए ।

नेपालले पार्टीलाई जागृत गर्न जनताको घरदैलोमा पुगिरहेको बताए । पूर्व प्रधानमन्त्री समेत रहेका उनले जनताको भावनासंग साक्षात्कार गर्न जनताको घरदैलोमा पुगिरहेको बताउँदै बदलिँदो परिस्थितिमा सही नीति लिएर नयाँ विश्वास जगाउन आफुहरु अघि बढेको बताए । नेपालले अहिलेसम्म १६ कम्युनिष्ट दल एकीकृत भएर बनेको नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखिएको दाबी गरे ।

उनले नेपाली कम्युनिष्ट पाटी सबै बर्ग, लिंग, समुदाय, नवयुवा पुस्ता समेतको पार्टी रहेको भन्दै जनताले चुनावमार्फत अनुमोदन गर्ने बताए । नेपालले नयाँ नेपाल निर्माणको संकल्पका साथ पार्टी निर्माण गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनमा जनताको बहुमत लिएर अघि बढ्ने उद्घोष गरे ।

सभालाई सम्बोधन गर्नेक्रममा नेता नेपाल पुराना दिन सम्झँदै केही बेर भक्कानिएका थिए । भाषण गर्दागर्दै गला अवरुद्ध भएपछि उनी केहीबेर रोकिएका थिए । उनले द्वन्द्वकालमा सुरक्षा निकायको आँखा छल्दै नेपालगन्ज हुँदै भारतको लखनउमा पुगेर प्रचण्डलाई भेटेको स्मरण गरे । नेपालले त्यही भेटपछि गिरिजा, प्रचण्ड र आफुले नेपाली राजनीतिको कोर्स नै चेन्ज हुने गरि आन्दोलनको संयोजन गरेको पनि दाबी गरे ।

पार्टीका केन्द्रीय नेता शक्तिबहादुर बस्नेतले बिचार मिल्नेहरु गोलबद्व हुँदै जानु पर्नेमा जोड दिए ।
नरेन्द्र पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा अब्दुल हुसैन खान, अन्जना चौधरीलगायतले एकताको अभियानलाई घर(घरमा पर्याउनु पर्ने बताएका थिए ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ८ : ४३ बजे

बालाजु बाइसधारा मेला सुरु

काठमाडौं । बालाजुमा प्रत्येक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने

शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु

भक्तपुर । यो वर्षको माध्यमिक शिक्षा परीक्षा ९एसइई० परीक्षाको आजदेखि

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँ : प्रतिपक्षी

काठमाडौं । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलका सांसदहरूले जनताले सुम्पिएका

इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

मोलुका । इन्डोनेसियाको मोलुका टापु आसपास बिहीबार बिहान ७.४ म्याग्निच्युडको

आज विश्व अटिजम सचेतना दिवस

काठमाडौं । आज विश्व अटिजम सचेतना दिवस हो । यो