६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

पटक पटक नेतृत्वबाट धोका पाएका एमाले नेता गोपाल रानाले गरे केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा



बुटवल । पार्टी नेतृत्वबाट पटक पटक अन्यायमा परेको बुटवलका एमाले नेता गोपाल रानाले नेकपा (एमाले) को आसन्न ११औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । लामो समयदेखि एमाले राजनीतिमा सक्रिय भएरपनि पटक पटक अवसरबाट बन्चित गराइृएका रानाले महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन् ।

रुपन्देहीका एमाले युवाहरुमाझ लोकप्रिय रानासँग विगत ३ दशक लामो समय एमालेका विभिन्न कमिटीमा रहेर काम गरेको अनुभव रहेको छ । पछिल्लो स्थानीयतह निर्वाचनमा उम्मेदवारी दर्ता गर्नेदिनको बिहानसम्म बुटवल उपमहानगरपालिका प्रमुखको टिकटको आश्वासन दिएर पार्टी नेतृत्वले उम्मेदवारी दर्ता गर्नेबेला अर्कैलाई उम्मेदवार बनाएको थियो ।

महाधिवेशन प्रतिनिधि छनोटका लागि रुपन्देही क्षेत्र नम्बर २ बाट सर्वाधिक मतसहित निर्वाचित भएका रानाले युवा नतृत्वलाई जोड दिँदै आएका छन् । विभिन्न समयमा रुपन्देहीमा हुने युवा आन्दोलनलाई नेतृत्व तथा सहयोग गर्दै आएका राना बुटवल क्षेत्रका सफल पर्यटन व्यवसायीका रुपमा समेत परिचित छन् । युवाहरुलाई उत्पादनसँग जोड्दै आत्मनिर्भर बनाउनु पर्छ भन्ने मान्यता राख्दै आएका उनी युवामाझ आदर्श र लोकप्रिय व्यक्तित्वका रुपमा परिचय बनाएका छन् ।

हाल एमाले लुम्बिनी प्रदेश कमिटीको सदस्य रहेका राना युवा र पार्टी नेतृत्व बीच समन्वयकारी भूमिकामा सफल रहँदै आएका छन् । पार्टीका उपाध्यक्ष विष्णु पौडेल निकट रहेको भन्दै जेनजी आन्दोलनका क्रममा रानाले संचालन गरेको ड्रिमल्याण्ड गोल्ड रिसोर्ट र होटल ड्रिम इन्टरनेशनलमा तोडफोड र आगजनी भएको थियो ।

उनीसँगै राजनीतिक यात्रा सुरु गरेका विभिन्न व्यक्तिहरु पटक(पटक लाभको पदमा पुगेर जिम्मेवारी सम्हाले पनि उनले भने हालसम्म कुनै लाभको पद प्राप्त गर्न सकेका छैनन् ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ९ : ४५ बजे

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी

खाद्यको नेपालगन्जस्थित गोदाममा थन्कियो १९ हजार क्विन्टल चामल

बाँके । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित गोदाममा

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यबिन्दु साझेदारी वन उपभोक्ता