७ श्रावण २०८३, बिहिबार | July 23, 2026

बुटवल उपमहानगरपालिका वडा नम्बर-१९ को कार्यालय भवन निर्माणको शिलान्यास, २ करोड ७३ लाख लागतमा बन्ने



बुटवल । बुटवल उपमहानगरपालिका वडा नम्बर-१९ को नयाँ वडा कार्यालय भवन निर्माणको कार्य औपचारिक रूपमा सुरु भएको छ । वडाको रानीबारीस्थित भवनको शिलान्यास शुक्रबार उपमहानगर प्रमुख खेलराज पाण्डेयले गरे ।

शिलान्यास समारोहमा प्रमुख पाण्डेयले निर्धारित समयभित्र निर्माण कार्य पुरा गरी स्थानीयलाई सहज सेवा दिने वातावरण बनाउन ठेकेदार कम्पनीलाई आग्रह गरे । संघीयता लागू भएको करिब एक दशक बित्दासमेत वडाको आफ्नै भवन नबनिनु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्दै उनले संघीय सरकारबाट जग्गा प्राप्तिमा भएको ढिलासुस्तीले निर्माण प्रक्रिया प्रभावित भएको बताउँदै गुनासो व्यक्त गरे । ढिलाइका कारण हालसम्म वडा कार्यालय भाडाको घरबाट सञ्चालन गर्नुपरेको उनले बताए ।

बुटवल-१९ को वडा कार्यालय वि.स. २०७३ सालदेखि भाडामा सञ्चालन हुँदै आएको छ । सुरुमा मासिक १२ हजार रुपैयाँ तिर्ने गरेको कार्यालयले हाल मासिक १८ हजार रुपैयाँ भाडा बुझाउँदै आएको छ । यसैगरी नजिकैको वडा नम्बर १८ को कार्यालय निर्माणका लागि आवश्यक जग्गा प्राप्तिको प्रक्रिया अन्तिम चरणमा पुगेको प्रमुख पाण्डेयले जानकारी दिए ।

बुटवल–१९ को नयाँ वडाभवन निर्माणका लागि मंसिर २४ गते सिभिल-रसभ कन्स्ट्रक्सन जेभीसँग सम्झौता भएको हो । २ करोड ७३ लाख ५६ हजार ३५८ रुपैयाँ लागतमा निर्माण हुने भवन आगामी २०८३ असार १५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

इञ्जिनियर नवराज पौडेलका अनुसार उक्त भवनमा दुईवटा सभाहलसहित १३ कोठा रहनेछन् ।

प्रकाशित मिति : २६ मंसिर २०८२, शुक्रबार  ४ : १६ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क