काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार बन्न लागेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आफ्नो टिमको पदाधिकारी सूची करिब टुंग्याएका छन् । पोखरेल समूहले वैजनाथ चौधरी र पुरुषोत्तम पौडेललाई टिममा समेट्दै पदाधिकारी संरचना लगभग अन्तिम चरणमा पुर्याएको हो ।
काठमाडौंको भृकुटीमण्डपमा पार्टीको निर्वाचन प्रक्रिया जारी रहँदा पोखरेल समूहबाट ईश्वर पोखरेल अध्यक्ष पदका उम्मेदवार बन्ने निश्चित भएको नेताहरूले बताएका छन् ।
पोखरेल समूहबाट उपाध्यक्ष पदका उम्मेदवारका रूपमा गोकर्ण विष्ट, परशुराममेघी गुरुङ, विन्दा पाण्डे र अरुण नेपालको नाम तय गरिएको छ । उपाध्यक्षमा एक जनाको नाम भने अझै टुंग्याउन बाँकी रहेको पोखरेल निकट नेताहरूले जनाएका छन् ।
महासचिव पदका लागि सुरेन्द्र पाण्डेको नाम अन्तिम गरिएको छ । त्यस्तै, उपमहासचिव पदमा योगेश भट्टराई र वैजनाथ चौधरीको नाम तय भइसकेको छ भने यो पदका लागि एक जनाको नामबारे छलफल जारी रहेको बताइएको छ ।
सचिव पदका उम्मेदवारमा रचना खड्का, कर्ण थापा, गोकुल बास्कोटा, विनोद ढकाल, कृष्णगोपाल श्रेष्ठ, ठाकुर गैरे, इन्द्रलाल सापकोटा र पुरुषोत्तम पौडेलको नाम टुंग्याइएको पोखरेल समूहका नेताहरूले जानकारी दिएका छन् ।


















प्रतिक्रिया