१० असार २०८३, बुधबार | June 24, 2026

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल



काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले पार्टीको अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहने बताएका छन्।

बिहीबार दिउँसो अन्तिम मतपरिणाम सार्वजनिक भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै पोखरेलले यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले अध्यक्षसहित विभिन्न पदमा निर्वाचित सम्पूर्ण पदाधिकारी, केन्द्रीय कमिटी सदस्य तथा केन्द्रीय निकायका पदाधिकारीलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका छन्।

महाधिवेशन प्रतिनिधिप्रति धन्यवाद ज्ञापन गर्दै उनले आफूलाई मत दिने प्रतिनिधिप्रति विशेष आभार व्यक्त गरेका छन्। अध्यक्ष पदको प्रतिस्पर्धामा विजयी हुन नसके पनि आफ्नो उम्मेदवारीप्रति विश्वास व्यक्त गर्ने मतदाता प्रतिनिधिहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गरेको उनले उल्लेख गरेका छन्।

महाधिवेशनका क्रममा उठाइएका विषयहरू- जनताको बहुदलीय जनवादको प्रकाशमा सामूहिक नेतृत्वको अभ्यास, विधि र पद्धतिअनुसार पार्टी सञ्चालन, तथा पार्टीलाई लोकतान्त्रिक रूपमा अघि बढाउन ‘नियन्त्रण र सन्तुलन’को सिद्धान्तको पालना- आगामी दिनमा पनि गम्भीर बहस र छलफलका विषय बन्ने विश्वास पोखरेलले व्यक्त गरेका छन्।

नवनिर्वाचित नेतृत्वले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरोस् भन्ने शुभकामना दिँदै पोखरेलले देशभक्ति, लोकतन्त्र र समाजवादको आधार निर्माण गर्ने एमालेको अभियानमा आफ्नो सहभागिता र संलग्नता अविच्छिन्न रूपमा रहिरहने स्पष्ट पारेका छन्।

११औँ महाधिवेशनबाट अध्यक्ष पदमा केपी शर्मा ओली तेस्रो कार्यकालका लागि विजयी भएका छन्। एमाले निर्वाचन आयोगका अनुसार ओलीले १ हजार ६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत पाएका छन्।

 

प्रकाशित मिति : ३ पुस २०८२, बिहिबार  ३ : २९ बजे

रास्वपा महाधिवेशन : निर्वाचन प्रक्रियाअघि बढेसँगै नेता, कार्यकर्ता भोट माग्न व्यस्त

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रिया

बुटवल उपमहानगरको ३ अर्ब ९९ करोडको बजेट सार्वजनिक

बुटवल । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ३

नेपालगन्ज उपमहानगरको बजेट १ अर्ब, ७६ करोड ६४ लाख

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाको १९ औं नगरसभा नेपालगन्जमा सुरु भएको

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

बेनी । दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै

महिलालाई उद्यमशीलतासँग जोड्न अचार बनाउने तालिम

बुटवल । महिलालाई सीपसँगै उद्यमशीलतासँग जोड्ने उद्देश्यले सिद्धार्थनगर नगरपालिका–७ नं