४ पुस २०८२, शुक्रबार | December 19, 2025

अर्थमन्त्री खनालबाट जेनजी आन्दोलनबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको स्थलगत अवलोकन



काठमाडौं । जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त बुटवल उपमहानगरपालिकाको कार्यालय भवनको स्थलगत अवलोकन गर्न अर्थमन्त्री रामेश्वर खनाल बुटवल उपमहानगरपालिकामा पुगेका छन् ।

तोडफोड र आगजनीबाट क्षतिग्रस्त उपमहानगरपालिका कार्यालय भवनको स्थलगत अवलोकन गर्न पुगेका अर्थमन्त्री खनालले बिहिबार मात्र क्षतिग्रस्त कार्यालय भवन मर्मतसम्भार सम्बन्धी फाइल आफ्नो टेबुलमा आएको बताए । घटना भएको ३ महिना बढी भएपछि मात्र क्षतिको विवरण सहितको फायल मन्त्रीको टेवलमा पुगेको हो । उनले फाइल हेरेर आवश्यक निर्णय लिने बताउँदै भवन मर्मतका लागि संघीय सरकारले सहयोग गर्ने आश्वासन दिए ।

त्यसक्रममा क्षतिग्रस्त भवनका बिभिन्न कोठाहरु देखाउँदै बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले सामान्य मर्मतले मात्रै कार्यालयको सेवा प्रवाह गर्न सम्भव नभएको जानकारी दिए । उनले पूर्ववत कार्यसम्पादनका लागि संघ सरकारको सहयोग जरुरी रहेको बताए ।

मेयर पाण्डेयले कार्यालय भवन पुनर्निर्माणका लागि ठूलो रकम आवश्यक पर्ने र उपमहानगरपालिकासँग त्यस्तो स्रोत नभएको उल्लेख गर्दै संघ सरकारबाट सहयोग गर्न माग गरेका हुन् ।

विकास योजनाका लागि छुट्टयाइएको बजेट कटौती नगरि स्थानीय सरकारको बजेटबाट पुननिर्माण सम्भव नभएको जनाउँदै नगर प्रमुख पाण्डेयले कार्यान्वयनमा गइसकेको योजना कटौती गर्दा समस्या आउने गुनासो गरे ।

जवाफमा अर्थमन्त्री खनालले संवेदनशील र कार्यान्वयनमा गइसकेका आयोजनाको बजेट कटौती नगरिएको जानकारी दिए ।

प्रकाशित मिति : ४ पुस २०८२, शुक्रबार  २ : ०८ बजे

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका